0 COMMENTS

काठमाडौं१७,असार/राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले सशक्त प्रतिष्पर्धीका रुपमा आफुलाई अघि सार्ने जनाएको छ ।

निगमको ५९ औं वार्षिकोत्सवका अबसरमा आज काठमाडौमा आयोजना गरिएको कार्यक्रममा निगमले यसअघि पनि ठूला जहाज कम्पनीसँग प्रतिपर्धा गर्दे अघि बढेको भन्दै आगमी दिनमा पनि यस्तै रणनीतिका साथ अघि बढ्ने जनाएको हो ।

नेपाली आकासमा कुनै बेला एकछत्र राज गर्न सफल निगम अहिले अन्तराष्ट्रिय उडानमा ठूलो जहाज विहिन अबस्थामा छ भने आन्तरिक उडानमा पाइलट अभावले उडान विहिन अवस्थामा छ ।

निगमको अन्तराष्ट्रिय उडानको दुईवटा १९० सिट क्षमताको बोइङमध्ये हाल दुईवटै थन्किएका छन् । तर वार्षिकोत्सव कार्यक्रममा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले बिदेशी पाइलट ‘हाएर’ गरेर भएपनि निगम पुरानै अबस्थामा फर्कने योजना सुनाए ।

उनले अन्य बिमानका साथै पाईलट पनि भाडाकै प्रयोग गर्ने जानकारी दिए । निगमको उडान शाखाका अनुसार हाल अन्तराष्ट्रिय उडानमा २ वटा एयरवस मात्रै बाँकी छन् ।आन्तरिक उडानमा ट्वीनटर जहाजको सख्यामा ६ वटा छ । यसमा पनि उडान योग्य भने २ वटा मात्रै छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।