0 COMMENTS

काठमाडाैं१७असार०७४/ चर्चामा रहेको विराटनगर महानगरपालिका र अन्य सात उपमहानगरपालिकामा रोचक भीडन्त देखिएको छ ।

आज विहान ११ बजेसम्मको परिणाम अनुसार पूर्वी नेपालको ठूलो शहर विराटनगरमा काँग्रेसको अग्रता छ । विराटनगर महानगरपालिकामा काँग्रेसका भीम पुराजुलीलाई १७४५ मत आएकोछ । एमालेका विनोद ढकाललाई १२३६ मत परेकोछ ।

त्यसबाहेक दाङका दुई उपमहानगरपालिकामा एमालेको अग्रता छ । घोराही उपमहानगरपालिकामा भूपबहादुर काँग्रेसका डाँगीलाई ५१०७ मत र एमालेका नरुलाल चौधरीलाई ७१०७ मत परेको छ । माअाेवादीका जीवन गौतमलाई ३२९४ मत प्राप्त भएको छ ।

त्यसै गरी तुल्सीपुर उपमहानगरपालिकामा काँग्रेसका गेहेन्द्र गिरीलाई ३२०० मत, एमालेका घनश्याम पाण्डेलाई ३६८४
मत र माअाेवादीका शेशुराम भण्डारीलाई ८५४ मत प्राप्त भएको छ ।

उता पूर्वी नेपालको इटहरी उपमहानगरपालिकामा काँग्रेसको अग्रता छ, जहाँ रोहित प्रसाईंलाई ३१९३
र एमालेका द्धारीकालाल चौधरीलाई २८९३ मत प्राप्त भएको छ ।

नेपालगंज उपमहानगरपालिका काँग्रेस एमालेलाई पछि पार्दे राप्रपा अगाडि छ । जहाँ डा. काँग्रेसका सुरेन्द्र कुमार कनौडियालाई १९०४, डा.धवल शमसेर राणा राप्रपालाई ३५४७, माअाेवादीका दामोदर आचार्यलाई १२२४ र एमालेलाई १७१९ मत प्राप्त भएको छ ।

यसबाहेक धरान उपमहानगरपालिकामाकाँग्रेसका तीलक राईलाई १८३९, एमालेका तारा सुव्वालाई १५६६ र माअाेवादीका अइन्द्रविक्रम नेम्वाङलाई ९४५ मत प्राप्त भएको छ ।

धनगढी उपमहानगरपालिकामा काँग्रेस अग्रता छ । काँग्रेसका नृप बडलाई २२६६ मत, एमालेका दूर्गा जोशी लाई १९९७ मत र गोपाल हमाल स्वतन्त्रलाइ १८३५ मत प्राप्त भएको छ ।
पाँच नम्वर प्रदेशमा रहेको बुटवल उपमहानगरपालिकामा काँग्रेसका खेलराज पाण्डेलाई ४७०७ मत र एमालेका शिवराज सुवेदी लाई ४९१८ मत प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।