0 COMMENTS

 

काठमाण्डाै १७असार०७४/ नेपाली नाबालकहरुलाई खानेकुराहरु र बिभिन्न समानहरु दिई ललाई फकाई प्रलोभनमा पारी बाल यौन दुराचार (Pedophilia) गरी गराई  बालकहरुलाई पिडित बनाउने गरेको भन्ने बिषेश सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंन्ज ले निरन्तर रूपमा अनुसन्धान गर्दै आउने क्रममा मिति २०७४/०३/१५ गते काठमाण्डौ ठमेल, ज्याठा स्थित  एक होटलको कोठाबाट जर्मन नागरिक बर्ष ६३ को Albert Fred Klinicke लाई पक्राउ  गरी १ जना नेपाली नाबालक समेतकाे उद्दार गरीएकाे छ ।

होटलकाे कोठाबाट राहदानी नं C4K6M3578  ६३ बर्षका Albert Fred Klinicke  नाम गरेका NEUHAUS JETZT PADERBORN, GERMAN नागरीकलार्इ  पक्राउ  गरिएको र निज   लाई बाल यौन दुराचार (Pedophilia) मुद्दा अन्तर्गत सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भई रहेको छ । जबर्जस्ती करणी अन्तर्गत उक्त बाल यौन दुराचार अपराधमा अधिकतम १३ बर्ष कैदसजाय तथा पिडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउने कानुनी व्यवस्था रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।