0 COMMENTS
dirgha raj prasai
दीर्घराज प्रसाई

नेपालको सफल परराष्ट्र नीति भनेको भारत तथा चीनसँग संतुलीत संवन्ध कायम गरिनु हो । भारत र चीनको बिरोध गरेर कुनै वा भारत वा चीनको एकतर्फी समर्थन गरेर उपलब्धि हात लाग्दैन । नेपाली जनताको भारतीय जनतासँग युगयुगदेखि सुमधुर संवन्ध कायम छ । तर २०६२ सालपछि भारतीय कांग्रेस (आई) सत्तामा रहेकोबेला नेपाल भारतबीचमा धेरै असामाञ्जष्यता बढ्न गयो । २०६२ सालदेखि अहिलेसम्म नेपालमा भारत बिरोधी भावनाको विकास हुनुमा कांग्रेस (आई) कै षडयन्त्रहरुको प्रतिफल हो । यसरी नेपाल भारतबीचमा संवन्ध बिग्रनुमा नेपालका माओवादी, कांग्रेस, एमाले पूर्णरुपमा जिम्मेवार छन् ।

२०७० सालदेखि हिन्दुवादी देशभक्त भारतीय जनता पार्टी (भाजपा) भारतको सत्तामा आएपछि नेपाल भारतबीचमा देखा परेका गलत फहमीहरुमा सुधार आउनसक्ने अवस्था पनि देखिन्छ । २०६३ सालपछिका सत्तासीनहरु माओवादी, कांग्रेस, एमालेले नेपालको संवेदनशीलतालाई बुझ्न नसकेर देशलाई धेरै धोका दिए । ती धोकाहरु मध्यमो सम्पूर्ण देशभक्त नेपालीहरुको जानकारीको लागि केही यहाँ उल्लेख गरिएको छ ।

१) सर्वप्रथम कांग्रेस, एमाले, माओवादीले २०६२ साल मंसिर ७ गते दिल्लीमा १२ बुँदे सहमति गरेर नेपालको स्वाभिमान जिम्मा लगाउने कुकर्म गरे ।

२) त्यही १२ बुँदेको आडमा २०६२।६३ जनआन्दोलन भयो र राजा ज्ञानेन्द्रसँग संझौता भएर चारबर्ष अघि कांग्रेस बहुमतमा नैं रहेकाबेला राजालाई विवादमा उतार्न पश्चिमाको इशारामा शेरबहादुर देउपाबाट विगठीत भएको प्रतिनिधिसभालाई ब्यूँताउने सर्तमा जनआन्दोलन बिसर्जन भयो ।
आन्दोलनका नाइके गिरिजाप्रसाद कोइरालाले नारायणहिटी राजदरबारको पटाङ्गिनीमा २०४७ सालको संविधान अनुसार राजा ज्ञानेन्द्रबाट प्रधानमंत्री पदको सपथग्रहण गरे ।

३) त्यसको लगत्तै २०६३ जेष्ठ ४ गते २०४७ सालको संविधान अनुसार राजाबाटै ब्यूँताएको प्रतिनिधिसभाबाट संसदीय घोषणा गरेर राजाको जेठो छोरी जन्मिएमा उनी पनि जेठो छोरा सरह्र राजसिंहसानमा रहन सक्ने २०६३ जेष्ठ ४ गते घोषणा गरेर संवैधानिक राजसंस्थालाई निरन्तरता दिलाउने घोषणा गरे ।

४) जेष्ठ ४ गते सम्पूर्ण नेपालीहरुलाई आँखामा छारो हालेर सभामुख सुबास नेम्बाडले विदेशीहरुको आडमा संसदीय घोषणाबाट धर्मनिरपेक्ष घोषणा गरेर पृथ्वीनारायण शाहको नेतृत्वमा हिमवतखण्डका थुपै्र हिन्दु राज्यहरु–नुवाकोट, कीर्तिपुर, कान्तिपुर, ललीतपुर, भक्तपुर, मकवानपुर, बाइसी, चौबिसी राज्यहरुलाई एकीकरण गरेर बनेको विश्वको एक मात्र हिन्दु अधिराज्ज्यलाई विस्थापित गरे त्यसपछि ।

५) २०४७ सालको संविधानले काम गर्दागर्दै त्यसमा संशोधनका कुनै कुरा नैं नउठाई भारतीय गुप्तचर संस्थाको निर्देशनमा जेष्ठ ४ को घोषणालाई धोका दिएर अपरझट्ट २०६३ साल माघ १ गते अन्तरिम संविधान आफूखुसी घोषणा गरे ।

६) सबैभन्दा लज्जास्पद कुरा छ राजाबाट ब्यूँताइएको प्रतिनिधिसभामा निर्वाचनमा भाग लिदैनलिएका ८३ जना माओवादीका कार्यकर्तारुरुलाई अवैधानिक तरिकाले जवरजस्त साँसद बनाइयो ।

७) ‘रअ’ कै दबाबमा गृहमंत्री बनेका कृष्ण सिटौलाबाट लाखौं भारतीयलाई नागरिकताको प्रमाणपत्र वितरण गराएर राष्ट्रघात गरे ।

८) अन्तरिम संविधान अनुसार राजालाई निलम्वन गरेर आफूखसी प्रधानमंत्रीले राष्ट्रप्रमुखले गर्ने काम गर्ने भए र सुबास नेम्बाडले संसदका विधेयकहरुमा लालमोहर लगाउने र संवैधानिक पदाधिकारीहरुलाई सपथग्रहण गराउने भए ।
क्रमिकरुपमा देशलाई विखण्डन गर्न

९) अन्तरिम संविधान बनेको केही दिनपछि एमालेका माधव नेपाललाई भारतीय दूताबासमा बोलाई उनलाई साक्षी राखेर अंघीकृत नागरिक भ्रष्ट मधेसीहरुहरुलाई भेला पारी भारतीय राजदूतले एक मधेस एक प्रदेशको मुद्धा उठाएर संघीयताको लागु गर्ने दबाब गरेपछि नेपाल टुक्रयाउन गिरिजाले अन्तरिम संविधानमा संघीयता समावेस गरियो ।

१०) अन्तरिम संविधान अनुसार नयाँ स्ंविधान बनाउन भन्दै दुईबर्षको लागि संविधानसभाको निर्वाचन गरियो ।

११) तोकिएको दुईबर्षमा संविधान नबनेपछि अवैधनिक तरिकाले पटक–पटक संविधानसभाको म्याद थपियो । जति नैं म्याद थपिए पनि संविधानसभाले संविधान नबनेपछि खारिज भयो ।

१२) संविधानसभा खारेज भइसकेपछि भारतीय कांग्रेस (आई) र ‘रअको रणनीति अनुसार अन्तरिम संविधानमा नैं नभएको अथवा कहीं कतै उल्लेख नैं नभएको सर्वोच्च अदालतका प्रधानन्यायधीस पदलोलुप्त खिलराज रेग्मीलाई न्यायपालीकालाई ध्वस्त गराउने गरी नाजायज गरिकाले सरकार प्रमुख बनाएर २०७० साल मंसिरमा दोस्रो संविधानसभाको निर्वाचन गराइयो ।

१३)संविधानसभाको निर्वाचनपछि गिरिजाका बफादार सुशील कोइराला प्रधानमंत्री बनाइयो । यिनै गैरजिम्मेवार व्यक्ति प्रधानमंत्री भएकोबेला धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता समावेस गरेको संविधान विदेशीहरुको दबाबमा घोषणा गरियो । नेपालका स्थापित ५ विकास क्षेत्रलाई विस्थापित गरेर दश विखण्डन गराउन नेपाललाई ७ प्रदेशमा विभाजित गरियो ।

१४) प्रधानमंत्री सुशील कोइराला र त्यसपछि प्रधानमंत्री बनेका एमालेका खड्ग ओली ‘संविधानमा धर्मनिरपेक्ष रहँदैन’ भन्थे । तर अहिलेसम्म यिनीहरुले नेपाली जनतालाई आफूले ढाँटेको कुरा स्पष्टिकरण दिन सकेका छैनन् । खड्ग ओलीले चीनसँग केही स)झौता गरेता पनि विवादै विवादको भारी बोकेर उनी हटे । उनी पछि

१५) ‘रअ’ र भारतीय राजदूत रणजीत रायको दबाबमा कांग्रेसका राजनीतिक अस्मिता गुमिसकेका विवादास्पद पदलोलुप्त भ्रष्ट शेरबहादुर देउपाको समर्थनमा माओवादीका प्रचण्ड प्रधानमंत्ती बनेका छन् ।
प्रचण्डको मंत्रिपरिषदमा ‘रअ’ र भारतीय राजदूत रणजीत रायको दबाबमा गृहमंत्रीमा विवादास्पद बिमलेन्द्र नीधिलाई गृहमंत्री र कृष्णबहादुर महरालाई अर्थमंत्री बनाइयो ।

१६) संविधानमा ७ प्रदेश घोषणा भएपछि अहिले आएर तराईका कुनै पनि भूभागलाई नेपालका पहाडी जिल्लासँग नजोड्ने भनेर नेपालको तराईलाई टुक्रयाएर भारतको प्रभावमा राख्ने भन्ने जस्ता कुरामा माओवादी प्रचण्ड र कांग्रेसका शेरबहादुर लागेका छन् । यसरी नेपाल र नेपालीहरुलाई धोका दिने काम माओवादी र कांग्रेसले गरिरहेका छन् । नेपालको तराई, पहाड, हिमालीक्षेत्र तथा विश्वका हिन्दुहरुमा एकताको सूत्रमा आवद्ध गराउन सक्ने एक मात्र स्रोत हिन्दु अधिराज्य हो । नेपालमा स्थापित भइसकेका मान्यताहरुलाई समाप्त गराउँदै संघीयताको बिष भित्रयाएर नेपाल अहिले विखण्डनको अवस्थामा पुर्याइएको यो हिन्दु तथा बौद्धहरुको भूमिलाई इसाईकरण गर्ने षडयन्त्र भइरहेको छ । माओवादीले एकीकृत नेपाललाई तहसनहस गराउन जातीय रुपमा नेपाली जनता विभाजन गराउने रणनीति बनाए र त्यसैलाई पछि कांग्रेस, एमालेले पनि समर्थन ग¥यो । हिजो योजनावद्ध हिसाबले नेपाललाई भौडीमा हाल्न नेपालको राजसंस्था र हिन्दु अधिराज्यलाई विस्थापित गरेर धर्मनिरपेक्ष र गणतन्त्र घोषणा गरियो । अव माओवादी, कांग्रेस एमालेका कुख्यात नेताहरुको राष्ट्रघाती कुराको छताछुल्ल भइसकेको छ । यसरी धर्मनिरपेक्ष, गणतन्त्र लाधेर कुनै हालतमा पनि नेपाल सम्हालिन सक्तैन । अव एकीकृत नेपालको सार्वभौमसत्ता, एकता र स्थायित्वको लागि राजसंस्था र विश्वको एक मात्र हिन्दुअधिराज्यलाई यथावत कायम गरेर पूण्यभूमि नेपालको अस्तित्व बचाउन सक्नुपर्छ ।Email:[email protected]

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।