0 COMMENTS

 

काठमाण्डाै १६असार०७४/  प्रतिबन्धित भारतिय  नाेटकाे  काराेवार गरी  अबैध तरिकाले अर्थोपार्जन गर्ने उद्देश्य  साथ नेपाल तथा बिशेष गरी भारतबाट नेपालका विभिन्न नाकाहरूबाट अबैध तरिकाले नेपालमा भित्र्याई काठमाडौँ लगायत नेपालका विभिन्न स्थानमा अबैध रुपमा कारोबार गर्ने  झापा बिर्तामोड न.पा.७ स्थाई घर भै हाल काठमाडौँ जिल्ला टोखा न.पा.वार्ड नम्बर ९ सामाखुशी खरिबोटमा डेरा गरी बस्ने बिष्णु प्रसाद घिमीरेको छोरा वर्ष ४४ को गणेश घिमीरे  र  का.म.न.पा.वडा नं.३१ मिनभवन स्थाई वतन घर भई हाल का.म.न.पा. वडा नं. १० बुद्दनगर बस्ने मेघदिप पोखरेलको छोरा वर्ष ५२ को तिर्थराज पोखरेल लार्इ   आज   काठमाडौँ महानगरपालिका वार्ड नं. १० बुद्दनगर मा पक्राउ गरेकाे छ ।

 बा.५५ प ६१८६ नम्बरको कालो रंगको होन्डा कम्पनीको १५० सिसिको CBZ मोटरसाइकलमा सवार भएका व्यक्तिहरुलाई शंका लागि रोकी चेक जांच गर्ने क्रममा गणेश घिमिरेले साथमा पछाडी भिरेको कालो रंगको झोला खोली हेर्दा  भारतले प्रतिबन्ध लगाएको रु ५००/ र रु १०००/ दरका नोटहरू जम्मा रु ५,००,०००/- ( पाँच लाख )  रुपैयाँ फेला परेकोले कानुन बमोजिम बरामद गरिएको, उक्त रकम कहाँबाट कसले ल्याएको भनि निजहरुलाई सोधपुछ गर्दा गणेश घिमिरे र तीर्थराज पोखरेलले भारतबाट नेपालमा कस्मेटिक सामानहरु नेपालमा ल्याई बिक्री गर्ने गरेकोमा निज भारतमा जाँदाको अबस्थामा भारतबाट सस्तो मुल्यमा प्रतिबन्धित भारतिय रुपैया खरिद गरि  काठमाडौँ ल्याएको भनि खुलाएकोले निजहरुलाई मिति २०७४/०३/१५ गतेका दिन पक्राउ गरी आबश्यक कारबाहीको लागी मिति २०७४/०३/१६ गते राजश्व अनुसन्धान बिभाग पुल्चाेकमा पठाईएको  छ ।

बरामद भएको सामानको बिबरण:-

1) रु ५००/- दरको ८१० वटा नोटको जम्मा रु. ४,०५,०००/-

2) रु.१०००/- दरको ९५ वटा नोटको जम्मा रु. ९५,०००/-

3) बा.५५ प. ६१८६ नं.को मोटरसाइकल – १,

4) कालो झोला थान – १,

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।