0 COMMENTS
बासुदेब सेढाई

अाज हरेकछेत्रमा अा- अाफ्नाे अस्तित्व बचाउन अरुकाे अस्तित्व सिध्याउन लाग्ने गरेका छन् एउटा राजनीतिक दलले अाफ्नाे अस्तित्व जाेगाउन अाफु मजबुद हुन प्रतिस्पर्धि दललाई सिध्याउन लागिपरेका छन् स्वच्छ बैचारिक प्रतिस्पर्धाबाट राष्ट्रिय हितमा हातेमालो गरेर अगाडि बड्ने संस्कार कुनैपनि दलमा छैन ।

एउटा जातिले अाफ्नाे अस्तित्व रक्षाकाे लागि अन्य जातिलाई समाप्त पार्नुपर्छ भन्ने बुझेको छ त्यसैगरि एउटा धर्मले अाफ्नाे अस्तित्व बचाउन अन्यधर्म समाप्त पार्न चाहन्छ  जाति , छेत्र , लिङ्ग , वर्ण , बर्ग , भाषा , संकृति , माैलिकता अादि अन्य कुनैपनि अाधारमा बिभाजित भयर एकले अर्कोलाई समाप्त पार्ने अाफ्नाे एकछत्र राजगर्ने अभिलासा बढ्दै गयकाे छ अापसि मेलमिलाप , समझदारी , सद्भाब सहकार्य , एकता , हार्दिकता , सम्मान समाप्त हुदै जानथालेकाे छ र भेदभाव , घृणा , अहमता , घमण्ड , बिभाजन , फुट अादि बढ्दै जानू चिन्ताकाे बिषय हाे जबसम्म सम्पूर्ण नेपाली नागरिक एकजुट भयर अगाडि बढ्न सकिदैन तबसम्म याे देशकाे राष्ट्रिय एकता , सार्वभौमसत्ता , भाैगाेलिक अखन्डता , मुलुककाे स्वाधीनता स्वाभिमान , सिमा सुरक्षा अादिकाे रक्षा गर्नड र देशकाे बिकास गर्न पनि सकिंदैन एतिबेला मुलुकमा राष्ट्रियताका सबाल हरुमा गम्भीर भयर छलफल गर्नुपर्ने अबस्था छ तर दुर्भाग्य विभिन्न बाहानामा बिभाजित भयर हामी एकअापसमा लडिरहेका छाै जसकाे कारण मुलुक काे याे दुर्गति छ ।

यदि देशकै अस्तित्व समाप्त भयाेभने हजुरहामिले पार्टी , जाति , धर्म , भाषा , वर्ण , संकृति , माैलिकता , छेत्र अादिकाे अस्तित्व रक्षाकाे लागि गरेको संघर्षले काम गर्ला ? याे अहम प्रश्न छ हामी नेपाली विभिन्न बहानामा लडिरहेको अबस्थामा राष्ट्रिय अस्तित्वमा चाैतर्फि अाक्रमण हुन थालेको छ तर याे कुरा हामी किन बुझ्दैनाै ? राणा , पंचायत , राजाको शासन अन्त्य भयर अहिले विभिन्न पार्टीहरु जन्मियपनि ई सबै मकुन्डाेधारिहरुले मकुन्डाे फेरेर नागरिकलाई झुक्याउने काम मात्रै गरेका रहेछन्  साेच , बिचार र चरित्र परिवर्तन देखियन जसकाे कारण मुलुककाे अबस्था झन् बिग्रेको छ ।

देशकाे बिकास गर्न चाहने हाे भने ५ बर्षमा अामुल परिवर्तन गर्न सकिन्छ तर हामीले बिकास काे लागि पर्खेकाे कतिबर्ष भयाे हाेला ? मेहनत गरेर , पसिना बगाएर  पसिनाकाे कमाई मात्रै खानेहरुले देशकाे बिकास मा याेगदान गर्छन् तर अाफु काम नगर्ने , अाफु पसिना नबगाउने , अाफु दुख नगर्ने तर अरुकाे पसिनाकाे कमाई लुटेर , ठगेर , षाेषण गरेर खान पल्केकाहरुबाट सम्बृद्ध मुलुक  काे कल्पना गर्नु दिउसो काे सपना मात्रै हाे । जसले अाफ्नाे राष्ट्रियताकाे रक्षाकाे अावाज निकाल्न सक्दैन जसले देशका सिमाना मिचिदा बाेल्न सक्दैन , जसले अाफ्नाे स्वाभिमान स्वाधीनता काे बारेमा चिन्ता गर्दैन  त्यस्ताहरुले देशकाे रक्षा कसरी गर्छन् ?

अन्तर्राष्ट्रिय समुदायमा हरेक देशकाे अाफ्नाे राष्ट्रिय पहिचान हुन्छ भाषा , धर्म , संकृति , अाफ्नाे देशकाे माैलिक पन हुन्छ  जसले बिश्व समुदायमा अाफ्नाे देशकाे परिचय दिन्छ राष्ट्रिय पहिचान काे संरक्षण र राष्ट्रभित्र रहेका हरेक जाति भाषा धर्म माैलिक संकृति काे संरक्षण गर्नु राज्यको धर्म हाे राज्यले देशभित्रका सम्पूर्ण नागरिक लाई समान ब्याबहार गर्न सक्नुपर्छ जुनसुकै धर्ममान्ने हाेस् , जुनसुकै जात जाति हाे , जुनसुकै छेत्रकाे हाेस् , जुनसुकै भाषा बाेल्नेहाेस् जुनसुकै बर्गकाे हाेस् यति भनिरहदा देशकाे  राष्ट्रिय राष्ट्रिय पहिचान काे संरक्षण गर्नु सम्पूर्ण नेपाली नागरिकहरुकाे साझा दायित्व हाे ऐले भाषा धर्म र संकृति माथि प्रहार भईरहेकाे छ नेपाली नेपाली बिच बभिन्न बहानामा द्वन्द्व मच्चाएर यसकाे अस्तित्व समाप्त पार्ने उद्देश्य त छैन ?

घटनाक्रम ले त्यहि देखाउछ नेपालकाे राजनीतिक घटनाक्रम काे विश्लेषण गर्दा नेपाल काे बिषयलाई लियर छिमेकी देशहरुका अा- अाफ्ना स्वार्थ जाेडियपनि मुख्यत भारत , चिन , अमेरिका र युरोपेली युनियनले याे देशकाे राजनीतिमा मुख्य प्रभाव पारेका छन् बिदेशी संग सहयोग लियर देश चलाउनुपर्ने बाध्यताकाे कारणले मुलुकमा राजनीतिक स्थायित्व र अार्थिक सम्बृद्धि हुनसकेको छैन बिश्वब्यापीरुपमा अाफ्नाे प्रभाव बिस्तार गर्न लागिपरेका शक्तिशाली राष्ट्रहरुकाे प्रभावमा नेपाल जस्तो देश नपर्ने कुरैभयन जसकाे कारण नेपाली माैलिकता अप्ठ्यारोमा परेको छ ।

छिमेकी देशहरुसंगकाे कुटनैतिक संबन्ध सन्तुलित र सुमधुर बनाउन सक्नुपर्छ तर नेपाल संग त्यस्तो क्षमता छैन । मुलुक भित्र चलिरहेका गाईजात्रा हेर्दाहेर्दै मुलुकमै संकट खडाभयकाे भने ख्याल गरिरहेका छैनाै । मुलुक भित्रकाे गरिबी , बेरोजगारी र अशिक्षा भित्र घुसेर बिदेशी तत्वहरुले अाफ्ना गतिविधि बढाईरहेका छन् र मुलुक भित्रका देशबिराेधि तत्वहरुले साथ दिईरहेका छन् त्यसैले सम्पूर्ण नेपाली नागरिकहरु एकजुट भयर ईनकाबिरुद्ध लड्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।