0 COMMENTS

पोखरा, १६ असार०७४/ कास्की जिल्ला अदालतले पोखरा र रौतहटका बैंकमा गोली हानी रकम लुट्ने अभियुक्तलाई कैद सजाय सुनाएको छ । पोखरामा रकम लुट्ने दुई जनालाई जनही १८ बर्ष र रौतहटका एकजनाले १५ बर्ष कैद सजाय पाएका छन् । जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले बिहीबार तीनैजनालाई जनही ४७ लाख १३ हजार रुपैयाँ जरिवानाको पनि फैसला गरेको छ ।

रौतहटका सुशीलकुमार दुलाल र रोल्पा घोडागाउँका विकल्प भनिने विजय केसीलाई १८,१८ वर्ष र सिन्धुलीका नारायण राईलाई १५ वर्ष जेल सजाय भएको हो । तीनै जनाविरुद्ध ज्यानमार्ने उद्योग, डाँका चोरी, जबर्जस्ती चोरी र हातहतियार तथा खरखजना मुद्दा दायर भएको थियो ।

यसैगरी हातहतियार तथा खरखजाना मुद्दामा नारायण राईले सफाई पाएका छन् भने दुलाल र केसीलाई जनही ३ वर्षको कैद सजाय सुनाइएको छ ।
दुलालसहितको समुहले पोखराको न्यूरोडस्थित मेगा बचत तथा ऋण सहकारीबाट सभागृहचोकस्थित यति विकास बैंकमा लैजाने क्रममा गोली हानेर ०७१ बैशाख १५ मा ३१ लाख ४२ हजार रुपैयाँ लुटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।