कल्पना बोहरा,असार १६ अछाम/मंगलसेन नगरपालिकामा नेकपा एमालेले विजयी शुरुवाती गरेको छ । मंंगलसेन नगरपालिका १४ को वार्ड अध्यक्षमा नेकपा एमालेका तेजबहादुर भण्डारी ४७८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेस नेकपा माओवादी गठबन्धनका गणेश सोडारीले ४४६ मत प्राप्त गरेका छन् ।
सोही वडाबाट नेकपा एमालेका मेयर पदका उम्मेद्वार पदमबहादुर बोहरालाई ४६५ र गठबन्धनका चन्द्रप्रसाद ढुंगानालाई ३८१ मत आएको छ । यस्तै उपमेयरमा एमालेका सरिता उपाध्यायलार्ई ४७२ रोहिना भाट भण्डारीले ४६९ मत प्राप्त गरिन् । मंगलसेन नगरपालिकामा नेकपा एमालेको शुरुवाती अग्रता कायमै छ । १४ नम्बर रहेको कालागाउँ गठबन्धनकी उपमेयर पदका उम्मेद्वार रोहिना भण्डारीको वार्ड हो ।
उता ढकारी वार्ड नं. ७ र ८ वार्डमा नेपाली कांग्रेस र ५ नं. मा नेकपा एमाले अगाडी रहेको खबर आएको छ । ती वार्डहरुको मत संख्या भने प्राप्त भएको छैन । मंगलसेन नगरपालिका, पञ्चदेवल–विनायक नगरपालिका, कमलबजार नगरपालिका, तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका, रामारोशन गाउँपालिका बान्नीगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिकामा हिजैबाट मतगणाना भइरहेको छ । ती गाउँपालिकाको मत परिणाम प्राप्त हुन सकिरहेको छैन ।
मत गणाना शुरु हुन नसकेका साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा विवाद निर्वाचन आयोगसम्म पुगेको छ । आयोगले निर्णय गरेपछि मात्र ती दुई नगरपालिकामा मतगणाना शुरु गरिने भएको जानकारी प्राप्त भएको छ ।