0 COMMENTS

कल्पना बोहरा , अछाम १६ असार/अछामका १० स्थानिय तहहरु मध्ये ८ वटामा मतगणना कार्य सुरु भएको छ । जिल्लाका ४ नगरपालिका मध्ये २ वटा र ६ गाँउपालिका मध्ये ५ वटामा मतगणना सुरु भएको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले जाँनकारी दिनुभयो । जिल्लाको ढकारी गाँउपालिका, कमलबजार नगरपालिका, रामारोशन गाँउपालिका, बान्नीगढी जयगढ गाँउपालिका, मंगलसेन नगरपालिका, मेल्लेख गाँउपालिका, तुर्माखाँद गाँउपालिका र पञ्चदेवल बिनायक नगरपालिकामा मतगणना सुरु भई परिणाम आउने क्रम पनि जारी रहेको उहाँको भनाई रहेको छ ।

यस्तै चौरपाटी गाँउपालिका र साँफेबगर नगरपालिकामा भने अझैं मतगणना हुन सकेको छैन । दलहरु बिच केही मतदान केन्द्रको विषयलाई लिएर सहमती हुन नसकेपछि गणना सुरु हुन नसकेको र निर्वाचन आयोगको राय सुझाव माग गर्न आयोगमा पत्र पठाईएको छ । आयोगको पत्रअनुसार नै मतगणना कार्य अगाडी बढाँउने बताईएको छ ।

मंगलसेन नगरपालिकामा एमालेको अग्रता होम साउद अछाम १५ असार अछामका मतगणना सुरु भएका बिभिन्न स्थानयि तहहरुमा मतपरिणाम सार्वजनिक हुनेक्रम सुरु भएको छ । अहिले सम्मको मतपरिणाम अनुसार गणना सुरु भएका ८ स्थानिय तह मध्ये ढकारी ७ र ८ मा नेपाली काँग्रेसका उम्मेद्धार बिजयी भएका छन भने वडानम्वर ५ मा एमालेले जितेको छ । यस्तै ६ नम्वर वडाको गणना जारी रहेको छ ।

तुर्माखाँद २ मा माओवादी केन्द्रले जितेको छ भने वडानम्वर १ र ३ को गणना जारी रहेको छ । यस्तै कमलबजार नगरपालिकामा अहिले सम्म मत गणना सकिएका १, २, ३, ४ नम्वर वडा मध्ये १, २, ३ मा काँग्रेस तथा ४ मा एमालेले जितेको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले जाँनकारी दिनुभयो ।

रामारोशन गाँउपालिकामा वडानम्वर १ मा माओवादी केन्द्र र वडानम्वर २ मा माओवादी केन्द्रले बिजयी हासिल गरेका छन । जिल्लाको बान्नीगढी जयगढ गाँउपालिका वडानम्वर १ मा नेपाली काँग्रेसका उम्मेद्धारले जितेका छन भने वडानम्वर ६ र २ को गणना जारी रहेको बताईएको छ ।

मंगलसेन नगरपालिकाको १४ नम्वर वडामा नेकपा एमालेका उम्मेद्धार बिजयी भएका छन भने अहिले १३ नम्वरको गणना कार्य जारी छ । १३ नम्वर वडाको सार्वजनिक नतिजा अनुसार एमालेका उम्मेद्धारले मेयरमा ५४ र उप मेयरमा ५८ मत पाएको छ ।

नेपाली काँग्रेसका मेयरले १३ नम्वर वडामा ८५ मत पाएका छन भने उप मेयरमा माओवादीका उम्मेद्धारले ५९ मत प्राप्त गरेका छन । यस्तै वडा अध्यक्षमा काँग्रेसको ८०, एमालेको ४८ र माओवादी केन्द्रको ५६ मत आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका कम्प्युटर अपरेटर जागुराम चौधरीले जाँनकारी दिनुभयो । उक्त वडाका अन्य सदस्यहरुमा पनि ३ वटै पार्टीका सदस्यका उम्मेद्धारहरुले मिश्रित नतिजा ल्याएको जनाईएको छ ।

मेल्लेख गाँउपालिका वडानम्वर १ र ८ मा मतगणना सकिएको छ तर घोषणा भईनसकेको जिल्ला निर्वाचन अधिकारी ससापकोटाको भनाई छ । १ मा काँग्रेस र ८ मा माओवादी केन्द्रका उम्मेद्धारले जितेको प्रारम्भिक जाँनकारी आएको छ । पञ्चदेवल बिनायक नगरपालिकामा भने नेकपा एमालेका उम्मेद्धारले अग्रता लिएका छन । वडानम्वर ९ को मतगणना कार्य भईरहदा काँग्रेसको मेयरमा २४० र उप मेयरमा १४२ मत रहेको छ भने एमालेको मेयरमा ३१८ र उप मेयरमा ३१३ रहेको छ ।

माओवादी केन्द्रले मेयरमा १७२ र उप मेयरमा १३९ मत पाएको छ । यसैगरी वडा अध्यक्षमा काँग्रेसले २४२, एमालले ३१५ र माओेवादी केन्द्रले १९२ मत पाएको खवर रहेको छ । यसैविचः मेल्लेख, तुर्माखाँद र रामारोशन गाँउपालिकामा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखमा अग्रता लिएको छ भने कमलबजार, ढकारी र बान्नीगढीमा नेपाली काँग्रेसका प्रमुख तथा उपप्रमुख अगाडी देखीएका छन । यस्तै एमालेले मंगलसेन र बिनायक नगरपालिकामा मेयर उप मेयरमा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।