0 COMMENTS

काठमाडौँ१५असार०७४/आज असार पन्ध्र अर्थात राष्ट्रिय धान दिवस । कृषिप्रधान देश नेपाललाई विगत केही वर्षदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आइएको छ ।मानो रोपेर मुरी फलाउने दिनका रुपमा रुपमा यस दिन अधिकांस स्थानमा रोपाई गरि धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरि यो दिवस मनाउने गर्दछन् ।

यसै अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० को आयोजनामा कपन स्थित बालुवाखानीमा रोपाई कार्यक्रम सम्पन्न भएको छ ।

‘बाँझो जमिनको पहिचान, वाली लगाउने अभियान’ भन्ने मुल नाराको साथ आयोजना गरिएको रोपाई कार्यक्रममा बुनपा १० का वडाअध्यक्ष नवराज भट्टराई, वडासदस्यहरु, स्थानिय महिलातथा वडाबासीहरुको उपस्थितिमा बुडानिलकष्ठ नगरपालिका १० नंम्वरमा रहेकाे बालुवाखानी चाेकमा  धान रोपिएको थियो ।(फाेटाेः सामाजीक संञ्जाल फेस बुक बाट )

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।