0 COMMENTS

काठमाण्डाै १५ असार/  रुकुमको भुमे गाउँपालिकामा झण्डै ५०० मत गणना हुँदा नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदवारले एक मत पनि पाएका छैनन् । कांग्रेसका अध्यक्षका उम्मेदवारले भने १ मत पाएका छन् ।

अध्यक्षका उम्मेदवार गञ्जसिंह बुढाले १ मत पाउँदा उपाध्यक्षमा कमला खड्काले एक मत पनि ल्याउन सकिनन् । गाउँपालिका अध्यक्षमा माओवादीका रामसुर बुढाले २५६ र उपाध्यक्षमा मनकुमारी बिष्टले २५७ मत प्राप्त गरेका छन् भने एमालेका अध्यक्षका उम्मेदवार आशा स्वर्णकारले १६० र उपाध्यक्षका उम्मेदवार कमानसिंह डाँगीले १६० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।