काठमाडौं, असार १५ /रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति १२ बजेर ९ मिनेटमा रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको हो ।यो दुई वर्षअघि २०७२ साल वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प कै परकम्प रहेको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्