0 COMMENTS

काठमाडौं १५असार०७४/ हिजो भएको दोस्रो चरणको चुनावमा अहिलेसम्म चार स्थानमा नजिता आएको छ ।

चार वडाको नतिजामा काँग्रेसले दुई, एमालेले १ र माओवादी केन्द्रले १ ठाँउमा वडाअध्यक्षमा जित निकालेका छन् ।

आज बिहान आठ बजेसम्मको परिणाम अनुसार
–काँग्रेसले नवलपरासीको प्रतापपुर गाँउ पालिका वडा नम्वर ५ मा काँग्रेसको प्यानल नै विजय भएको छ । वडा अध्यक्ष मानबहादुुर चौधरीसहितको प्यानल विजय भएको हो ।
–बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर १ मा काँग्रेसले जित प्राप्त गरेको छ । काँग्रेस उम्मेदवार राम बहादुर कार्की ५४० मतसहित वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
–बाजुराको गहुमुल गाँउपालिकामा–६ एमालेका प्रकाश रोकाय २८८ मत ल्याएर वडाअध्यक्षमा विजय भएका छन् । काँग्रेसका गोरख रोकाय ७ मतले पराजित भएका छन् ।
–माओबादी केन्द्रले यस जिल्लाबाट दोस्रो चरणको चुनावमा खाता खोलेको छ । रामप्रसाद राई गाउँपालिका–ं ८ मा माओबादी केन्द्रका वडाध्यक्ष उमेदवार मनोज राईको प्यानल नै विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।