0 COMMENTS

कञ्चनपुर१५ असार / कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निंगालीको दीपेन्द्र स्मृति सामुदायिक वन नजिकको काठेपुलमा राखिएको सकेट बम नेपाली सेनाको टोलीले बुधबार निष्क्रिय पारेको छ ।

नेपाली सेनाको निर्वाचन सुरक्षा बेसमा खटिएको टोलीले बम निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताए ।

यसैगरी, सोही नगरपालिका–२ दोमिल्लातर्फ जाने ग्राभेल सडकमा राखेको सकेट बमसमेत नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रहरी निरीक्षक जोराले बताए । “बम राख्नेहरुको खोजी तीव्र बनाइएको छ”, उनले भने । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।