0 COMMENTS

उदयपुर१५असार ०७४/ स्थानीय तहको निर्वाचनअन्तर्गत उदयपुरमा ६५ प्रतिशत मतदान भएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले शान्तिपूर्ण र उत्साहसहित मतदान सम्पन्न भएको बताएका छन् ।

चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तहमध्ये त्रियुगा नगरपालिकामा ६२ प्रतिशत, कटारी नगरपालिकामा ६० प्रतिशत, चौदण्डी नगरपालिकामा ७० प्रतिशत र बेलका नगरपालिकामा ६९ प्रतिशत मत खसेको छ ।

त्यसैगरी, सुनकोसी गाउँपालिकामा ६१ प्रतिशत, ताप्ली गाउँपालिकामा ६४ प्रतिशत, रौता गाउँपालिकामा ६६ प्रतिशत, उदयपुरगढी गाउँपालिकामा ६४ प्रतिशत मत खसेको छ । मतपेटिका संकलनको काम राति अबेरसम्म चलिरहेकाले बिहीबारबाट मात्र मतगणनाको काम सुरु हुने जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

जिल्लाका पहाडी भूभागमा रहेका मतदान केन्द्रबाट राति अबेरसम्म पनि मतपेटिका ल्याउने काम भइरहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख महेन्द्र कार्कीले बताए । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।