0 COMMENTS

रमिला बस्नेत उदयपुर ,असार १४ /उदयपुरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्ता बमसहित पक्राउ परेका छन्।

उदयपुरको रौतामाई गाँउपालिकास्थित मुर्कुची मतदान केन्द्रबाट बमसहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेको साथबाट २ थान बम र बन्दोबस्तीका सामान बरामद गरिएको छ। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ७ का ३२ वर्षीय तिलक तामाङ, सोही नगरपालिका १५ का ४० वर्षीय भरत बस्नेत र रौतामाई ७ का ४५ वर्षीय धु्र्व खड्का रहेको प्रहरी प्रमुख एसपी नरबहादुर केसीले जानकारी दिए।

तामाङ र बस्नेत विप्लव नेतृत्व माओवादीको जिल्ला सदस्य (डिसिएम) हुन् भने खड्काको पद खुलाइएको छैन। उनीहरुको साथबाट २ थान शक्तिशाली सकेट बम फेला परेको छ। सकेट बम सामान्य भन्दा फरक र अलि ठूलो आकारको भएको र विष्फोट भएको खण्डमा ठूलो क्षति हुनसक्ने अनुमान प्रहरीको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।