0 COMMENTS

कल्पना बोहरा असार १४,अछाम/आज भइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अछाममा सत्तापक्षले राज्य आतंकको नांगो रुपमा देखाएको छ ।

मतदातालाई धम्क्याउने, पैसा बाँड्ने, प्रहरी लगाएर मौन अवधिमा प्रचार गर्ने जस्ता कामबाट नअघाएका कांग्रेस–माओवादीले मतदान केन्द्रमै वितण्डा मच्चाएका छन् । जनमतबाट निर्वाचन परिणाम आफ्नो पक्षमा नआउने भएपछि कांग्रेस–माओवादीले सरकारी तवरबाट जालसाँजी गरेको प्रमाण फेला परेको छ ।

मेल्लेख गाउँपालिकाको दुर्गा माध्यामिक मतदान केन्द्रमा लागू गर्न खोजिएको योजनालाई एमालेका कार्यकर्ताले असफल पारेका छन् । कांग्रेस–माओवादीको गठबन्धन हुँदा पनि नजित्ने निश्चित भएपछि एमालेको किल्ला ठानिएको उक्त केन्द्रमा मतपत्रमै डटपेनले धर्का तानेर मतदातालाई दिने काम भएको छ ।

त्यहाँ मतदान अधिकृत भएर पुगेका अमरबहादुर स्वाँरले तीन दिनअघि नै कांग्रेसका स्थानीय नेताहरुसँग मिलेर त्यस्तो योजना बनाएको खुलेको छ । स्रोतले भन्यो, ‘सय–सयको संख्यामा रहेका मतपत्रका तीनवटा ठेलीमा डट्पेनले कोरिएको भेटियो ।

९० प्रतिशत मत एमालेलाई खस्ने अनुमान गरिएको उक्त केन्द्रका ती सबै मत रद्द गराएर कांग्रेस–माओवादीलाई जिताउन सकिन्छ भनेर निर्वाचन अधिकृतले अघिल्लै दिन डट्पेनले आफैँ धर्का लगाएको खुलेको छ । पछि एमालेका कार्यकर्ताले निर्वाचन अधिकृत स्वाँरलाई र्याखर्याख्ती पारेपछि ती मतपत्र बन्द गरिनुका साथै यसअघि रेखा हालिएकालाई पनि सदर मान्ने मुचुल्का तयार पारिएको थीयाे । त्यस्तै साँफे नगरपालिकाको रिडिकोट केन्द्रमा कांग्रेसका जिल्ला सभापति भरतबहादुर स्वाँर र राजाका विरुद्ध जनआन्दोलन चल्दा राजनीति छाडेर फोटोग्राफी गर्छु भन्दै हिँडेका पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाहको नेतृत्वमा एमाले समर्थकमाथि ज्यादती गरिएको छ ।

फर्जी मत हाल्न लाग्दा एमालेकी कार्यकर्ता रेखा कुमालले प्रतिवाद गरेपछि उनीमाथि अपशब्द प्रयोग गर्दै नेताका नाम जोडेर बेइज्जत गरिएको छ । तर, एमाले कार्यकर्ताले प्रतिवाद गरेर फर्जी मत हाल्न रोकेका छन् । अछाममै रहनुभएका एमाले उपाध्यक्ष तथा सात नम्बर प्रदेश इन्चार्ज भीम रावलले भन्नुभयो, ‘प्रहरी–प्रशासन र निर्वाचन टोलीलाई चरम दुरुपयोग गरिएको छ, हाम्राविरुद्ध कांग्रेस–माओवादी मिल्दा पनि जित्न नसक्ने भएपछि अनेक षड्यन्त्र गरिएको छ । तर, ती सबैलाई चिरेर हामी जित्छौँ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।