0 COMMENTS

कल्पना बोहरा असार १४,अछाम/अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ६ मा एमाले र माओवादी कार्यकर्ताबीच झडप झडप भएको छ ।

झडप नियन्त्रण्मा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ । स्थिति तनावपूर्ण भएपछि मतदान कार्य स्थगित भएको छ । मेल्लेखमा माओवादी र कांग्रेसबीच तालमेल छ भने एमाले एक्लै प्रतिस्पर्धामा छ । दुई दिनअघि एमाले ७ नम्बर प्रदेश संयोजक भीम रावलले मेल्लेख पुगेर कार्यकर्ता उत्तेजित पारेको आरोप माओवादीले लगाएको छ ।

यसैबीच मेल्लेख गाउँपालिका वडा नम्बर ७ दुर्गा मावि मतदान केन्द्रमा केरमेट गरिएका मतपत्र वितरणपछि अवरुद्ध भएको मतदान प्रक्रिया सुचारु भएको थीयाे । मतदान अधिकृत अमरवहादुर स्वाँरले केरमेट गरेको मतपत्र बाँडेको भन्दै बिरोध भएको थियो । ४० ओटा मतपत्रमा पछाडि केरिएको थियो । एमालेका प्रतिनिधिले उक्त मतपत्रमा प्रश्न उठाएर विवाद शुरु गरेका थिए । ०१०२८०१, ०११०२८५०० देखि ०१०३००० सम्मका मत पत्र केरमेट गरिएको अवस्थामा मतदातालाई वितरण गरेपछि विवाद भएको हो ।

यस्तै कमलवजार नगरपालिका अन्तरगत साविकको चाल्सा गाविको पशुपती मावि मतदान केन्द्रमा एमाले काँग्रस विच झडप हुँदा एमालेका योगेन्द्र साँउद घाईते भएको वताईएको छ । उहाँको टाउकोमा ३ टाँका लगाईको वताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।