0 COMMENTS

कल्पना बोहरा असार १३ अछाम/असार १४ को मतदानका लागी जिल्लाका मतदान केन्द्रहरु तयारीको अन्तिम चरणमा रहेका छन् । महिला पुरुषलाई अलग अलग लाइनको व्यवस्था गरिएको छ । यस्तै अपांग, गर्भवती, बृद्धबृद्धाहरुलाई लाइन नबस्ने गरी मतदानको व्यवस्था मिलाइएको छ । मंगलसेन नगरपालिकाको वलिगाउँमा रहेको निरंकारी मतदान केन्द्र बाहेक अरु सबै मतदान केन्द्रहरु विद्यालयमा रहेका छन् । मंगलसेन नगरपालिका–३ को शिवनिवास प्राविलाई महिला कर्मचारी मात्र रहनेगरी महिलामैत्री मतदान केन्द्र बनाइएको छ । मतपत्र र मतपेटिका लगायतका सामग्रीहरु पानीबाट बचाउन स्थानीय स्तरमै व्यवस्था गर्नका लागी भनिसकेको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले जानकारी दिए । अछाममा १ सय २९ मतदान स्थल र १ सय ८५ मतदान केन्द्र रहेका छन् ।

मतदान गर्न आउन, मतदान गर्न र मतदान गरी घर फर्कदासम्मका लागी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला सुरक्षा समितिले जानकारी दिएको छ । सुरक्षा कायम गर्नका लागी प्रमुख जिल्ला अधिकारीले छिमेकी जिल्लाका प्रशासन र प्रहरीहरुसंग समन्वय गरिरहेको जानकारी दिएका छन् । जिल्लाको पुर्वि भेगका केही स्थानमा बिप्लव समुहको प्रभाव हुनेमा केही मतदाताले अनुमान गरेका छन् । रंगिन बनाइएका फ्ल्याक्स प्रिन्ट, पोष्टर पम्पलेट लगायतका सामग्रीहरु कुनै दलले हटाएका छैनन् । केही व्यक्तिहरु दलका चिन्ह रहेका टिसर्ट, टोपी लगायर हिडिरहेका भेटिन्छन् । अहिलेसम्म निर्वाचन आचारसंहिता विरुद्ध कुनै उजुरी परेको आफुलाई जानकारी नआएको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।