0 COMMENTS

कल्पना बोहरा, असार १३ अछाम/जिल्लाका तुर्माखाँद गाउँपालिकाका दुइ स्थानमा र ढकारी गाउँपालिका एक स्थानमा असार १३ गते बाल्टीन बम फेला परेका छन् । तुर्माखाँद गाउँपालिका–५ को नाडा र ढकारी गाउँपालिका–४ मा बिहान भेटिएका बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको प्रहरी कार्यालयका इनिष्पेक्टर कर्णबहादुर बमले जानकारी दिनुभयो । तुर्माखाँद गाउँपालिका–८ मा भेटिएको बमका बारेमा बुझेर डिस्पोज गर्न सेना सहितका टोली गएको बताइएको छ ।

बम राखिएका ठाउँ गाउँ र मतदान केन्द्रबाट निकै टाढा रहेको अछाम प्रहरीको भनाइ छ । अछाममा विप्लव समुहका कार्यकर्ताहरु मतदाताहरुलाई मानसिक त्रास दिनका लागी बम राखेको अछाम प्रहरीले अनुमान गरेको छ । स्थानीय तहको निर्वाचनमा सुरक्षा संवेदनशिलालाई विश्लेषण गरी कडा सुरक्षा व्यवस्था गरिएको जिल्ला सुरक्षा समितिले बताउँदै आएको छ । जिल्ला सुरक्षा समितिले अछामका ४७ मदतान केन्द्र अतिसंवेदशिलमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।