0 COMMENTS

रमिला बस्नेत ,उदयपुर ,असार १३/ असार १४ गते हुने निर्वाचनको लागि उदयपुरमा दलका कार्यकर्ताले एक अर्कालाई आर्थिक चलखेलको आरोप लगाउने गरेका छन्। नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र रातिको समयमा पनि जागा बस्दै एकले अर्काको पिछा गरिरहेका छन्।

मौन अवधि सुरु भएपछि एकले अर्काको पिछा गर्दै दलका कार्यकर्ता, चोक, चिया पसल र गल्लीमा बसिरहेका छन्। गएको सोमबार राति उदयपुरको बेलुका नगरपालिकामा सुटकेसमा पैसा लिएर बाँडदै गरेको भन्दै नेपाली काङग्रेसका प्रमुख पदका उम्मेदवार अशोक कार्कीलाई स्थानीयले प्रहरीको जिम्मा लगाए।

‘मौन अवधि जारी रहेको बेला उम्मेदवार कार्की राति सुटकेसमा पैसा सहित बेलका २ को वनडाँडाकझ सुकुम्बासी बस्तीमा फेला परे,’ स्थानीय नवराज गुरागाईंले भने, ‘इलाका प्रहरी कार्यालय रामपुरका इन्सपेक्टर सुवास राईलाई खबर गरी जिम्मा लगाएका थियौं, पछि छाडियो।’ स्थानीयले उम्मेदवार कार्कीले गाउँमा भोज खान रकम दिएको र प्रहरीलाई पनि रकम दिएर पैसा बाँडेको घटना लुकाएको आरोप लगाएका छन्। स्थानीयले काङ्ग्रेसका उम्मेदवार कार्कीलाई घेरेपछि राती निकै बेरसम्म तपेश्वरमा तनाव भएको थियो। तनाव सुरु हुँदै गर्दा रामपुर इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले कार्कीलाई उनकै डेरामा पुर्‍याएर फर्किएको थियो।

उम्मेदवार कार्कीले भने आफू घर पुगेर फर्किदै गर्दा एमाले कार्यकर्ताले घेराबन्दी गरेपछि प्रहरी आएर छुटाएको बताए। उनले भने, ‘मेरो घर बेलका नगरपालिका १ आम्बासी हो, घर पुगेर फर्कदै थिए, मेरो गाडी हिलोमा फस्यो, त्यही एमालेका कार्यकर्ता आएर पैसा बाँडेको आरोप लगाए।’रामपुरबाट फर्किएको इन्सपेक्टर राईसहितको प्रहरी टोलीले सुरक्षा दिएर डेरासम्म पुर्‍याएको उम्मेदवार कार्कीले बताए।

‘मैले प्रहरीलाई ५० हजार पनि दिएको छैन, सुकुम्बासी बस्तीमा पनि भोज खान पैसा दिएको छैन,’ उम्मेदवार कार्कीले भने, ‘काङग्रेसले चुनाव जित्ने भएपछि एमाले र माओवादी तर्सेर मलाई आरोप लगाएका हुन्।’प्रहरी समयमै नआएको भएर काङग्रेस र एमालेको झडप हुने भन्दै उम्मेदवार कार्कीले आफूले त्यसलाई रोकेको बताए। रामपुर इलाका प्रहरी कार्यालयका इन्सपेक्टर सुवास राईले उम्मेदवार कार्कीले पैसा बाँडेको खबर आएर घटनास्थलमा पुगे पनि त्यस्तो नभेटिएको बताए। ‘हामीलाई त्यहाँबाट काङ्ग्रेसका मेयरका उम्मेदवार कार्कीले पैसा बाँडेको खबर आयो,’ उनले भने, ‘त्यहाँ पुग्दा झडप हुने अवस्था देखियो, हामीले भीडलाई नियन्त्रण गरेर उम्मेदवार कार्कीलाई डेरामा पठाइदिएका हौं

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।