0 COMMENTS

भालुवाङ, १३ असार/राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य अलि मियाँको निधन भएको छ ।दाङ जिल्लाको देउखुरी उपत्यकास्थित भालुवाङ बजारमा बसोबास गर्दै आएका मियाँको ६३ वर्षको उमेरमा निधन भएको राप्रपा केन्द्रीय सदस्य कोमल ओलीले जानकारी दिइन् ।

‘सोमबार अपरान्ह ३ बजेतिर उहाँलाई ज्वरो आउने र अन्य केही समया भएपछि उपचारका लागि बुटवल लगिएको थियो’, ओलीले भनिन्, ‘उहाँको उपचारका क्रममा आज बिहान बुटवलमा निधन भएको हो ।’

दाङ जिल्लामा राजनीति गर्दै आएका मियाँ राप्रपाका हस्ती मानिन्थे । विशेष गरेर उनले राप्रपाका लागि देउखुरी उपत्यकामा राजनीतिक संगठन गर्दै आएको समकक्षीहरू बताउँछन् ।

राप्रपाका अध्यक्ष कमल थापा धनगढीबाट काठमाडौंतर्फ आउँदै गर्दा भालुवाङमा कार्यकर्ताहरूसँग भेट गरेर जाने भनेर फोन पनि गरेका थिए ।

अचानक मियाँलाई स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष थापासँग भेट गरेर चुनावी कार्यक्रमको रणनीति बनाउने समपना मियाँको अधुरै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।