0 COMMENTS

काठमाडौं, १३ असार०७४/ रामेछापको दुर्गम मानिने तत्कालिन सैपु गाविसमा करीब साढे पाँच वर्षअघि भएको एक किशोरीको हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।

१४ वर्षीय सुन्तली तामाङको हत्याकान्डपछि भारतमा बस्दै आएका सोही ठाउँका श्याम राउत पक्राउ परेका हुन्। सुन्तलीको हत्यापछि स्थानिय प्रहरीले श्यामलाई बोलाएर सोधपुछ गरेपनि घटनामा संलग्न नभएको निष्कर्श निकाल्दै छाडेको थियो। तर पिडितका आफन्तले उनीविरुद्ध जाहेरी दर्ता गर्दा श्याम नेपालबाट भागिसकेका थिए।

प्रहरीले सुरुमा श्यामविरुद्ध किटानी जाहेरी दर्ता गर्न मानेको थिएन । तर बाहिरी दबाब बढेपछि घटना भएको करिब एक महिनापछि मात्र किटानी जाहेरी दर्ता भएको थियो।

सुन्तली तामाङकी आमा डिल्लीमाया तामाङ। सुन्तलीको हत्या भएको १५ दिनपछि २०६८ साल माघ २० गते स्थायिन लिखु खोलामा झोलाको फित्ताले घाँटी बाधेको अवस्थामा उनको शव फेला भएको थियो।

उनको हत्या माघ ५ गते भएको थियो। हत्या भएको भोलिपल्ट सुन्तलीले बोकेको डोको फेला परेको थियो भने दोस्रो दिन उनले लगाएको चौबन्दी चोलो , चप्पल र भित्री बस्त्र फेला परेको थियो।

‘श्यामले हत्या गरेको स्विकारी सकेका छन्। त बलात्कार भएको थियो थिएन भन्ने विषयमा खुल्न बाँकी छु , रामेछापी प्रहरी प्रमुख डीएसपी कुमुद ढुंगेलले भन्नुभयो । खबर आजको अन्नपूर्णमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।