0 COMMENTS

धनगढी १३असार०७४/ आफैले बोकेको मब विस्फोट हुँदा धनगढीमा एक जनाको ज्यान गएको छ ।धनगढी उपमहानगरपालिका वडा नम्बर ४ खानेपानीटोलमा हिजो (सोमबार) राति ९ : ४५ को समयमा उक्त घटना भएको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य २८ बर्षका चन्द्र बहादुर सिंह आफैले बोकको सुतली बम विस्फोट भएको हो ।जि एन्ड सन्स रेस्टुरेन्ट नजिक उक्त घटना भएको रातोपाटी सम्वाददाताले जनाएका छन् । विस्फोटपश्चात घाइते सिंहलाई उपचारको लागि स्थानीयले सेती अञ्चल अस्पताल लगेका थिए ।

उनको टाउको पछाडीको भाग लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।