0 COMMENTS

जनकपुरधाम,असार १२/ जनकपुरमा मिथिला सांस्कृतिक संग्राहलयको एक कार्यक्रम बीच शिलान्यास गरिएको छ । राष्ट्रिय जनता पार्टी नेपालका सभासद् माधवी रानी साहले सोमबार संग्राहलयको शिलान्यास गरेकी हुन् ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र संसदीय विकास कोषको संयुक्त लागतमा उक्त संग्राहलय निर्माण हुन लागेको हो । संग्राहलयको पहिलो चरणमा ८० लाखको लगानीमा प्रारम्भिक बाउण्डरी वालको काम सम्पन्न गरिने जिल्ला प्राविधिक कार्यालय धनुषाका साईट इन्जिनियर कमलेश्वर वर्माले बताए । १५ कठ्ठा गुठ्ठीको जग्गामा निर्माण हुन लागेको उक्त संग्राहलय तीन तल्ले भवन बनाउन लागेको हो । उक्त संग्राहलय पाँच वर्षमा सम्पन्न गर्ने योजना रहेको वर्माले बताए । संग्राहलयको कुल अनुमान लागत १८ करोडको रहेको छ ।

जनकपुर धार्मिक पर्यटकीय नगरी रहेकाले संग्राहलय निर्माण पश्चात यस क्षेत्र प्राचिन पुरातात्वीक महत्वलाई दर्शाउने किसिमको कला, संस्कृति, भेषभुषा, प्राचिन बस्तु लगायतका मिथिलाको मौलिकतालाई उजागर गर्ने संग्राहलयको मुख्य उद्देश्य रहेको सभासद साहले बताए ।
जनकपुर जगत जननी माता सिताको जन्मभुमि रहेको हुनाले यहाँको पर्यटन व्यवसायको विकास गर्न अति आवश्यक रहेको बताउंदै सभासद साह भन्छिन्—‘ मिथिलाको इतिहासलाई कायम राख्नु पर्छ । यसका लागि मिथिलाको ईतिहासलाई उजागर गर्ने उदेश्यको साथ संग्राहलय निर्माण सुरु गरिएको हो । कसरी जन्म भयो अन्ति समयसम्मको ऐतिहांसिक पृष्ठभूमि देखिने डकुमेन्ट तथा प्रमाणहरु संग्राहलयमा राखिनेछ ।’
मुलुकको विभिन्न स्थलमा नीजि क्षेत्रले पर्यटन व्यवसायमा लगानी गरेको भएपनि जनकपुरका नीजि क्षेत्र निकै उदासिन रहेको कार्यक्रममा उपस्थित राजपाका नेता लालकिशोर साहले टिप्पणी गरे । राज्य प्रति आश्रीत हुँदा जनकपुरको धार्मिक पर्यटन क्षेत्र खासै विकास गर्न नसकेर ओझेलमा परेको साहको कथन छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।