0 COMMENTS

मोरङ११,असार/ मोरङको उर्लाबारीस्थित नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेद्वार खड्ग फागोको घरलाई लक्षित गरि आज बिहान अज्ञात समुहले बिष्फोट गराएका छन।

बिहान करिब साढे २ बजेको समयमा फागोको घरमा लगाईएको कम्पाउण्ड वालमा बिष्फोटक पर्दाथ बिष्फोट गराईएको भेटिएको छ । बिष्फोटबाट पर्खालमा सामान्य क्षती पुगेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जानकारी दिएको छ ।

एकाबिहानै भएको बिष्फोटको आवाज फागोको घर आसपासमा पनि सुनेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । बिष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । यसैबिच बिष्फोटपछि कांग्रेसका तर्फबाट मेयर पदका उम्मेद्वार फागोले बिष्फोट कांग्रेसको उर्लाबारीमा देखिएको जनलहरलाई र अन्य उम्मेद्वारहरुलाई त्रशित पार्न गराएको हुन सक्ने प्रतिक्रिया दिएका छन् ।

उनले यो घटनाबाट आफु कतिपनि बिचलित नभएको बताए । यसैगरि मोरङकै बिराटनगरस्थित कंचनबारीमा एक मतदान केन्द्रमा सकेट बम फेला परेको छ । आज बिहान फेला परेको सकेट बम सेनाको बम डिस्पोजल टोलीले निश्क्रिय पारेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।