0 COMMENTS

इटहरी११,असार०७४/संघिय मामिला तथा स्थानीय बिकास मन्त्री एवम उपप्रधानमन्त्री बिजया गच्छदारबिरूद्ध निर्वाचन अाचारसंहिता उलङघन गरेकाे अाराेप सहित सुनसरीकाे दहबी स्थित निर्वाचन अधिकृतकाे कार्यालयमा मुद्धा दायर भएकाे छ । उनले सरकारी गाडीकाे दुरपयाेग गर्दै सुनसरीकाे दुहबीमा चुनावी प्रचारसंगै मतदाताहरूलार्इ रकम बाडेकाे अाराेप लागेकाे छ ।

भाेट अाफ्नाे पार्टीकाे पक्षमा पार्न दुहबीका मतदाताहरूलार्इ उपप्रधानमन्त्री गच्छदारले रू पाँच हजारकाे दरले रकम बाडेकाे अाराेप सहित अाचारसंहिता उलंघन गरेकाे भन्दै निर्वाचन अधिकृतकाे कार्यालय दुहबीमा उजुरी परेकाे हाे ।फाेर लाेकतान्त्रीकका अध्यक्ष समेत रहेका गच्छदारले शुरक्षा स्कटीङमा त्यहाका मतदाताहरूलार्इ रू पाँचहजारका दरले रकम बाडेकाे उजुरीमा बताइएकाे छ ।

अासन्न स्थानीय निर्वाचनमा फाेरम लाेकतान्त्रीकले दुहबी नगरपालीकामा मेयर पदकालागि वेद गच्छदारलार्इ उठाएकाे छ र उनैलार्इ बहुमतले बिजयी गराउन मन्त्री गच्छदारले मतदाताहरूलार्इ अाचारसंहिता बिपरीत रकम बाडेकाे र मेयर पदमा उठेका गच्छदारकाे जमानत जफत गर्न माग गर्दै निर्वाचन अधिकृतकाे कार्यालय दुहबीमा उजुरी परेकाे बुझिएकाे छ ।

यता फाेरम लाेकतान्त्रीकका तर्फबाट दुहबीमा मेयर पदका उम्मेद्वार बेद गच्छदारले उपप्रधानमन्त्री एक अाैपचारीक कार्यक्रममा सामेल मात्र भएकाे तर कुनै मतदाताहरूलार्य रकम नबाडेकाे बताएका छन । उता निर्वाचन अधिकृतकाे कार्यालय दुहबीका अनुगमन अधिकृत रामचरित्र मेहतासंग सम्पर्क गर्दा उनले यस बिषयमा मन्त्री गच्छदारसंग कुराकानी भैसकेकाे तर मतदाताहरूलार्इ रकम भने नबाडेकाे अाफुलार्य बताएकाे स्पस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।