0 COMMENTS

कल्पना बोहरा, असार ११अछाम / नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष भिम रावलले नेपाली कग्रेस र माओवादी केन्द्र बिचको गठबन्धन सरकार भारतको ईशारामा चलेको आरोप लगाउनु भएको छ । यो सरकारले देश र जनताको भलाईका लागी काम गर्नु भन्दापनी विदेशीको भलाईका लागी काम गरिरहेको बताउनुभयो । नेकपा एमाले पंञ्चदेवल बिनायक नगर संगठन कमीटीले आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले एमालेले विगतमा ल्याएका एजेण्डा तथा कार्यक्रमहरु राष्ट्रिय समृद्धिका लागी भएको भन्दै उहाले देशका उद्योग, कलकारखानाहरु कौडीको भाउमा बेचेर काग्रेसले लाखौ युवाहरुलाई बिदेशीन बाध्य बनाएको उहाको आरोप थियो ।

एमाले देशैभरी बाट पहीलो शक्ति भएकाले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमापनी एमालेलाई पहीलो हुन बाट कुनैपनी शक्तिले राक्न नसक्ने बताउनुभयो । नेपाली काग्रेस र माओबादी केन्द्र बिचको अपवित्र गठबन्धन धेरैबेर नटीक्ने भन्दै अछाम जिल्लाका सबै नगर तथा गाउपालीकामा एमालेले कब्जा जमाउने दाबी गर्नु भएको छ ।

नगर कमीटी ईन्चार्ज टेक बहादुर शाहीको अध्यक्षताामा भएको चुनावी सभामा एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर, प्रदेश न ७ का सदस्य भैरे कामी, प्रदेश न ६ का सदस्य तारा देवकोटा, एमाले अछामक उपाध्यक्ष तथा पंञ्चदेवल बिनायक नगरपालीकाका मेयर दका उमेदवार नन्द बहादुर कडायत, जिल्ला कमीटी सचिव यज्ञ बहादुर बोगटी, जिल्ला कमीटी सदस्य भिम बहादुर बिष्ट, नमराज न्यौपाने, उपमेयर पदका उमेदवार लक्ष्मी बोगटी लगायत एमालेका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

कार्यक्रमको संञ्चालन नगरकमीटी सचिव प्रेम कुमार खत्रीले गर्नु भएको थियो । यस्तै एमाले उपाध्यक्ष रावलले नेकपा एमाले कमलबजार नगरपालीकामा आयोजान गरेको चुनावी सभा र सदरमुकाम मंगलसेनमा आयोजना गरेको चुनावी सभालाईपनी सम्बोधन गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।