0 COMMENTS

कल्पना बोहरा ,असार ९ अछाम/नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष भिम रावलले प्रधानमन्त्रि शेर बहादुर देउवा मधेसी दलका नेता रामजनम चौधरीसंग गरेको कैलाली कञ्चनपुरलाई प्रदेश नं. ७ बाट टुक्राउने सहमती प्रति धोर आपत्ती जनाउदै नेपाली कांग्रेस माओवादी र केही मधेसी दलका नेताहरु मिली देशलाई टुक्राउने दाउमा लागेका बताउनु भएको छ ।

पूर्व उपप्रधान तथा रक्षा मन्त्रि समेत रहनु भएका रावलले नेपालमा रहेका दर्जनौ उद्योग तथा कलकारखानाहरु कांग्रेसले बेचेर खाएको र अहिले नेपाली युवाहरु विभिन्न खाडी मुलुकमा गएर ४५÷५० डिग्रीको तापक्रममा काम गर्न बाध्य रहेको र एमालेले नेपाली युवाहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न विभिन्न कलकारखानाहरुको स्थापना गर्न पहल गरिरहेको पनि बताउनु भएको छ ।

साँफेबगर नगरपालिका वडा ८ बयलपाटाको चुनावी सभालाई सम्बोधन गर्दै नेता रावलले नेकपा एमाले नेतृत्वको सरकार भएका बेला चिनसंगका नाकाहरु खोल्ने र पारबहान सम्झौता गरेको र देश टुक्रिन नदिन, देशको स्वाभिमान बचाउने पार्टी नेकपा एमाले मात्र रहेको र अब जनताहरुले पनि ऐक्यबद्धता तरिकाले नेकपा एमालेलाई भोट दिइ विजय गराउन आग्रह गर्नुभयो ।

एक फरक प्रसंगमा नेता रावलले देशमा शान्ति खलबल्याउने स्थिती नल्याउन र टीकापुर जस्ता घटना दोहोर्याउन तर्फ अहिलको सरकार लागेको आरोेप लगाउने भयो । कांग्रेस, माओवादी लगाएतका दलहरु अहिले सम्पूर्ण नेपाली जनताहरु नेकपा एमालेको पक्षमा भएकाले अताल्लिएका र भरतपुरमा अहिलेको गठबन्धन सरकारका कार्यकर्ताले जनताले दिएको मतपत्र च्यातेको र यसरी जनताको मतलाई पनि कदर गर्न नसक्ने पार्टीहरुले देशको भलो गर्न नसक्ने जिगिर गर्नु भयो ।

माओवादी अध्यक्ष प्रचण्डको सरकार र कांग्रेस सभापति देउवा नेतृत्वको सरकारले बैशाख मै हुनु पर्ने स्थानीय तहको निर्वाचन सार्दा सार्दा अहिले देशका अधिकांश जिल्लामा रोपाई गर्ने बेला सारेर गलत र किसानको हित विपरित गरेको आरोप लगाउनुु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।