0 COMMENTS

कल्पना बोहरा ,असार ९ अछाम/नेकपा एमालेका संगठन विभाग प्रमुख एवं मंगलसेन नगरपालिकाका मेयर पदका उम्मेद्धार पदम वोहराले मंगलसेनको विकास गरी सुन्दर मंगलसेन वनाउने उद्घोष गर्नु भएको छ । एभिन्युज टेलिभिजनको स्थानीय चुनावमा जनप्रतिनिधि महासंग्राम प्रत्यक्ष प्रशासण कार्यक्रममा वोल्दै उहाँले अन्य दलको जस्तो मंगलसेनलाई अमेरिका, वेलायत, जापान, स्विजरल्याण्ड वनाउछु भन्ने झुटा प्रतिवद्धता आफुले नगर्ने तर मंगलसेनलाई सुन्दर मंगलसेन नै वनाउने वताउनु भएको हो ।

स्थानीय चुनावमा जनप्रतिनिधिहरुको चुनावी एजेन्डा के छन ? जनताले जनप्रतिनिधिहरुवाट के अपेक्षा गरेका छन भन्नेवारेमा जानकारी गराउने उदेश्यले संचालन गरिएको कार्यक्रममा उपस्थित स्थानीय मतदाताहरुले उम्मेद्धार वोहरालाई विभिन्न प्रश्न राखेका थिए । प्रतिउत्तरमा उम्मेद्धार वोहराले मंगलसेनमा आफ्नो पार्टिले जित्ने पक्का भैसकेकाले आफुले चुनावि घोषणा पत्रमा उल्लेख गरेका प्रतिवद्धताहरुलाई प्राथमिक्तामा राखेर जनताको रहाय सुझाब लिएर अगाडी वढ्ने वताउनु भयो ।

मंगलसेनको कृर्षि प्रर्णालिलाई वैज्ञानिक पद्धतीमा लैजाने, मंगलसेनका हरेक टोलटोलमा, सडक, खानेपानी, विद्युत पुर्याउने, भएका ग्रामिण सडकहरुको स्तरोन्ती गरी १२ महिना सवारीसाधन संचालन गर्ने, यहाँको स्वाथ्य र शिक्षको स्तरोन्ती गरी जनताहरुलाई गुणस्तरीय सेवा दिने लगायतका आफ्ना योजनाहरुलाई कार्यन्वयन गर्ने उहाँको भनाईरहेको थियो । कार्यक्रममा नेपाली काँंग्रस र माओवादी गठवन्धनका उम्मेद्धार चन्द्र प्रसाद ढुंगाना र जनमोर्चाका उम्मेद्धार पदम वोहरा चने उपस्थित नभएकाले मतदाताहरुले आक्रोस पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।