0 COMMENTS

 रमिला बस्नेत उदयपुर ,असार ९ कटारी /कटारी गोल्डकपको तेस्रो संस्करण बिहिबार सम्पन्न भएको छ । गोल्डकपको फाईनलमा बिहिबार बेल्टार ,उदयपुरले फत्तेपुर सप्तरीलाई १ का विरुद्ध २ गोल गर्दै नगद ५० हजारका साथमा प्रमाण पत्र र मेडल हात पार्यो ।

त्यसैगरी उपविजेता फत्तेपुरले नगद २५ हजारका साथमा प्रमाण पत्र र मेडलमा चित्त बुझायो । फाईनलमा बेल्टारका सौजन राई र आशुन राईले गोल गरे । फत्तेपुरका लागि पेनाल्टी सुटमा संञ्जिक कार्कीले आकर्षक गोल गरे ।

गएको असार ३ देखि जारी गोल्डकपमा बाग्मती , लालबन्दी , धनुषा , दुधौली , कटारी , गाईघाट , फत्तेपुर र बेल्टार गरी ८ टिमले प्रतिष्पर्धा गरेका थिए । विजेता बेल्टारलाई ईलाका प्रहरी कार्यालय कटारीमा प्रमुख डिएसपी चिरन्जिबी कोईरालाले चेक र प्रमाण पत्र र मेडल हस्तान्तर गरेका थिए । कटारी नगरपालिका र साथी समूहको संयोजन स्वास्थ्य अनुशासन राष्ट्रिय एकता र सदभावका लागि भन्ने नाराका साथ गोल्डकपमो आयोजना गरिएको थियो ।

विगतका वर्षहरुमा राष्ट्रिय डिभिजन लिगमा सहभागिता जनाईसकेका टिमहरु सहभागी गराई भव्यताका साथ सम्पन्न गरिएको गोल्डकपको तेस्रो संस्करण भने सुटुक्कै सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।