0 COMMENTS

पुष्षाञ्जली, अाषाढ ७/ सुकुमाया फाउन्डेसनले अायाेजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सस्थाका अध्यक्ष सुकुमाया तामाङ र प्रमुख अतिथि डा गणेश याेञ्जन ले नेपाल प्रबासी तामाङ समाज कतारका नवनिर्वाचित अध्यक्ष तिर्थ थिङ् तामाङलाई सफल कार्यकाल शुभकामना तथा बधाई दिनु भयाे ।

यस कार्यक्रममा तामाङ समुदायका विभिन्न विधामा कार्यरत व्यक्तिहरूकाे बाक्लो उपस्थित रहेकाे थियो । मन्तव्य राख्ने क्रममा एकीकृत सृजनशिल समाजकि अामा तथा समाजसेवी जुनु पुन मगरले सुकुमाया  फाउन्डेसनकाे प्रगति र उन्नति कामना गर्दै सहयाेग गर्ने बाचा गर्नु भयाे भने अर्का अतिथि समाजसेवी नेपालजित थिङ तामाङले पनि सहयाेग गर्ने प्रतिवद्ता जाहेर गर्नु भयाे ।

यसै गरि कार्यक्रममा उपस्थित सहयोगी दाताहरू पनि खादा अाेडाएर सम्मान गरिएको थियो भने मिसन ताईस्यालाई सफल पार्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने नेपाल प्रवासी तामाङ समाज कतारलाई उहाको याेगदानकाे कदर गर्दै अध्यक्ष मार्फत सम्मान पत्र हस्तान्तरण गरियो । उपस्थित अतिथि सबैले मिसनलाई सफल पार्न अा अाफ्नाे  तर्फबाट सहयाेग गर्ने कुरा ब्यक्तगर्नु भयाे   प्रमुख अतिथि डा गणेश याेञ्जन ले पनि सहयाेग गर्ने  प्रतीबद्धता गराउनु भयाे ।

संस्था अध्यक्ष तथा कार्यक्रमकि सभापति सुकुमाया तामाङले अाषाढ मसान्तसम्म घर निर्माणकार्य सम्पन्न गरिसक्ने कुरामा विश्वस्त हुन सबैलाई अनुराेध गर्नु भयाे ।कार्यक्रमकाे अन्तमा ताईस्या नाना र मायाकाे डकुमेन्ट्री प्रदर्शन गरिएको थियाे

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।