0 COMMENTS

कल्पना बोहरा,असार ९ अछाम /नेकपा एमाले मंगलसेन नगर संगठन कमिटी ,वडा नं १२ चुनावी आमसभा वान्नातोलिको छापडाँडामा सम्पन्न भएको छ । नेकपा एमालेका वैकल्पीक केन्द्रिय सदस्य एवं अछाम ईन्चार्ज प्रकाश शाह प्रमुख अथिती रहनु भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै इन्चार्ज शाहले नेकपा एमालेको जनलहर र शक्ति देखेर अहिले अन्य पार्टिहरु अत्तालिएका वताउनु भएको छ । उहाँले नेकपा एमालेका उम्मेदारहरु निश्कलंकित र स्वच्छ छविका भएकाले आम मतदाताहरुले नेकपा एमालेका उम्मेदारहरुलाई विजयी गराउन आग्रह गर्नुभयो । उहाँले मंगलसेनका एमाले उममेदार पदम वोहराले आफ्नो जिवन नै समाजसेवामा विताएकाले यो नगरको विकासका लागी वोहरालाई र नेकपा एमालेका उममेदारहरुलाई अत्यधिक वहुमतले विजयी गराई सुन्दर नगर वनाउन सहयोग गर्न आग्रह गर्नु भयो ।

कार्यक्रमका विशिष्ठ अथिती मंगलसेनका मेयर पदका उम्मेदार पदम वोहराले मंगलसेन नगरको विकासका लागी आफुले गर्ने विकासका योजनाहरु गोष्णा पत्रमा समावेश गरीसकेकोले यहाँका जनताहरुले ढुकक भएर नेकपा एमालेको सुर्य चिन्हमा मतदान गरी नेकपा एमालेका उम्मेदार।हरुलाई विजयी गराउन आग्रह गर्नु भयो । वडा अध्यक्ष पदका उम्मेदार भरत शाहीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयरका उममेदार शरिता उपाध्या, सचिवालय सदस्य नयन सोडारी, भीम जनाला लगायतका नेता हरुले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।