0 COMMENTS

काठमाडौं८ असार ०७४/ नयाँशक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना कमिशनको लोभमा प्रमुख राजनीतिक दलहरूले विदेशीको हातमा सुम्पिएको आरोप लगाएका छन् । राजधानीमा बुधवार आयोजित कार्यक्रममा उनले भने, ‘यो आयोजना विदेशीलाई दिनुले हाम्रै पालामा विकासको सपना पूरा हुन दिँदैन । भन्ने खबर आजको अभियान दैनिकमा छापिएको छ ।

आयोजना मार्ने यस्तो प्रपञ्चको सचेत राजनीतिज्ञ, विज्ञ र सञ्चारमाध्यमले विरोध गर्नुपर्छ ।’ इञ्जिनीयरिङदेखि निर्माणसम्मको काममा खराब विगत भएको कम्पनीलाई उक्त आयोजना दिइएकाले बन्दै नबन्ने र बने पनि राष्ट्रलाई लाभ हुने गरी बहुद्देश्यीय नबन्ने उनको दाबी थियो । १ हजार २ सय मेगावाट विद्युत् उत्पादन हुने उक्त आयोजना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले चिनियाँ कम्पनी चाइना गेजुवालाई दिने गरी सम्झौता गरेको थियो ।

उक्त सम्झौता रद्द हुनुपर्ने कार्यक्रमका वक्ताहरूको धारणा थियो । काङ्ग्रेस प्रमुख सचेतक तथा आयोजना प्रभावित क्षेत्रका सांसद चीनकाजी श्रेष्ठले चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिइँदा अन्योल बढेको बताए । काम चलाउ सरकारले गरेको सम्झौताले शङ्का उब्जाएको एमाले नेता आनन्द पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।