0 COMMENTS

कल्पना बोहरा,असार ७ ,अछाम/नेपाली कांग्रेसको तर्फबाट मंगलसेन नगरपालिकामा मेयर पदका उम्मेद्धवार चन्द्रप्रसाद ढुंगानाले मंगलसेन नगरलाई अछामकै सुन्दर तथा नमुना नगर बनाउने योजना नेपालि कांग्रेस संग रहेको बताउनु भएको छ ।

आज मंगलसेन नगरपालिका वडा न ७ ले आयोजना गरेको चुनावि आमसभामा प्रमुख अथितिको आसनबाट बोल्दै उहाले यस्तो बताउनु भएको हो । क्रियाशिल सदस्य नन्दारम जैसीको सभातित्वमा भएको कार्यक्रममा पाटि सचिब नम बहादुर शाहि बिशिष्ट अथिति रहनु भएको थियो । नगरसभापति पुष्पराज भण्डारी,जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य बिस्नु खड्का,लाल बहादुर बिष्ट,पुर्व जिल्ला कार्यसमिति सदस्य सिता बादि, लगायत नेपालि कांग्रेसमा आस्थावान नेता कार्यक्रताको सहभागीता रहेको थियो । यस्तै स्थानिय तहको निर्वाचनका लागी वान्नीगढी जयगढ गाउपालिकामा नेपाली कांग्रेस र माओवादि केन्द्र विच तालमेल भए संगै कांग्रेस माओवादि गठवन्दनले प्रचार प्रसारलाई तिव्र पारेका छन ।

यसै क्रममा साविकको दर्ना गाविसका विभिन्न वडाहरुमा चुनावी प्रचार पसार तथा मतदाता भेटघाट कार्यक्रम गरीएको छ । नेपाली कांगेसका तर्फवाट वान्नीगढी जयगढ गाउपालिकाका अध्यक्ष पदका उम्मेद्धार राजेन्द्र खड्का र माओवादि केन्द्रका तर्फवाट वान्नीगढी जयगढ गाउपालिकाको उपाध्यक्ष पदका उम्मेद्धार लोकेन्द्र साउदको नेतृत्वको कार्यक्रता सहितको टोलीले मतदाता भेटघाटका साथै प्रचार प्रसार कार्य तिव्र पारेको हो ।

प्रचार प्रसारका क्रममा अध्यक्ष पदका उम्मेद्धार राजेन्द्र खड्काले वान्नीगढी जयगढ गाउपालिकाको समग्र विकासका साथै सवैको हक अधिकार प्रत्याभुती गराउन र गाउपालीकालाई नमुना गाउपालिका वनाउन कांग्रेस र माओवादि विच तालमेल भएको वताउनु भएको छ । चुनावी प्रचार प्रसार कार्यक्रममा नेपाली कांग्रेस अछामका पुर्व जिल्ला सचिज टेक वहादुर साउद, उपाध्यक्ष पदका उम्मेद्धार लोकेन्द्र साउद, जिल्ला सदस्य चन्द्रसिंह लुहार लगायतका नेता कार्यक्रताको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।