0 COMMENTS

मलेखु (धादिङ) ७ असार,/ दक्षिणी धादिङको धुनिबेँसी नगरपालिका वडा नं ५ मा रहेको टाटा इँटा भट्टामा काम गर्ने एक मजदुरको आज भूकम्पको धक्काले इँट्टा खसेर मृत्यु भएको छ ।

इँटा भट्टामा पोलेको इँटा मिलाउँदै गर्दा भूकम्पको धक्काले इँटाले लागेर भारत दरबङ्गा निवासी मजदुर ३५ वर्षीय रिजन सदाइको घटनास्थलमै मृत्यु भएको हो भने उनका छोरा १० वर्षीय दलम सदाई घाइते भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

घाइतेलाई उपचारका लागि काठमाडाँैको ट्रमा सेन्टरमा लगिएको छ भने मृतकलाई शव परीक्षणका लागि पठाइएको छ । आज बिहान १० बजेर २५ मिनेटमा मकवानपुरको चित्लाङमा केन्द्रबिन्दु बनाई ३।२ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।