0 COMMENTS

काठमाडौं ७,असार०७४/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनवटै चुनाव पछि एमाले बहुमतसहितको ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।

गृह जिल्ला झापाका विभिन्न स्थानमा चुनावी सभामा व्यस्त रहेका ओलीले यस्तो दाबी गरेका हुन् । अर्जुनधारामा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले अहिले युवा र वृद्धवृद्धाको भरोसाको केन्द्र नेकपा एमाले भएको बताए ।

अब हुने दोस्रो चरणको स्थानीयसहित प्रदेश र संसदको चुनावमा एमाले पहिलो पार्टी हुने ओलीको दाबी थियो । त्यसपछि ५ वर्ष सरकार चलाउने भन्दै ओलीले अहिलेको म्यादी सरकारमा जान इच्छा नभएको बताए ।उनले भने, ‘एमाले जस्केला, झ्याल र भेन्टिलेशनबाट छिरेर सरकारमा जाने पार्टी होइन, हामी सिधै राजमार्ग र ढोकाबाट प्रवेश गर्छौं ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।