0 COMMENTS

 काठमाडौं ७, असार/ निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्समा लगानी रहेको चीनको तिब्बत एयरलाइन्सले काठमाडौं उडान सुरु गरेको छ । एयरलाइन्सको जहाज असार ५ गते त्रिभुवन विमानस्थलमा जहाज अवतरण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले तिब्बत एयरलाइन्सले छेन्दु-काठमाडौं-छेन्दु उडान अनुमति पाएको हो ।

एयरलाइन्सले सातामा चारवटा उडान भर्ने गरी अनुमति पाएको ठाकुरले जानकारी दिनुभयो । तिब्बत एयरलाइन्सले अनुमति पाएसँगै अब चीनका पाँचवटा एयरलाइन्स कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएका छन् । यसअघि एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न र सिचुवान एयरलाइन्सले चीनका विभिन्न सहरबाट काठमाडौं उडान भर्दै आएका छन् । तिब्बत एयरलाइन्सले अनुमति पाएसँगै अब चीनका विभिन्न सहरबाट त्रिभुवन विमानस्थलमा सातामा ५५ वटा उडान हुने भएको छ । यसअघि चारवटा एयरलाइन्सले सातामा ५१ वटा उडान गरिरहेका छन् ।

ठाकुरका अनुसार तिब्बत एयरलाइन्सले उडान अनुमति जेठ २९ गते नै पाएको थियो । निजी क्षेत्रको हिमालय एयरलाइन्समा ४९ प्रतिशत स्वामित्व भएको तिब्बत एयरले ए ३१९ सिरिजको विमानबाट उडान सुरु गरको हो । एयर चाइनाले छेन्दु-ल्हासा-काठमाडौं र काठमाडौं-छेन्दु गन्तव्यमा दैनिक उडान तथा अवतरण गरिरहेको छ ।

एयर चाइनाले सातामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ उडान तथा १४ अवतरण गरिरहेको छ । यसैगरी चाइना इस्टर्नले काठमाडौं-कुनमिङ रुटमा दैनिक दुई र चाइना साउदर्नले काठमाडौं-ग्वाङजाउमा दैनिक दुई उडान भर्दै आएको छ । साथै, सिचुवान एयरलाइन्सले पनि छेन्दु-ल्हासा-काठमाडौं रुटमा हप्तामा चार र हाङजाउ-सियान-काठमाडौंमा सातामा तीनवटा उडान गरी साता उडान गर्दै आएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।