0 COMMENTS

रमिला बस्नेत ,उदयपुर, असार ६/ साउदीमा १७ जना युवा अलपत्र परेका छन् । काठमाडौंको सिनामंगलमा रहेको साउण्ड लाइन रिक्रुमेन्ट सर्भिसेस प्रा.लि बाट साउदी गएका उदयपुरका १७ जना युवा अलपत्र परेका हुन् ।अलपत्र पर्नेमा उदयपुरका बसन्त राई, उमेश खड्का, युवराज कार्की, टोपबहादुर मगर, उमेश खड्का, सोभित राई, मातृका घिमिरे, मोहनकुमार राई, मनोज खड्का, गोविन्द खड्का रहेका छन् ।
यस्तै उदयपुरकै हेमबहादुर खड्का, युवराज थापा, राजन कार्की, रुद्रबहादुर बस्नेत, दुर्गा नारायण श्रेष्ठ, तेजबहादुर कटुवाल रहेका छन् । उनीहरु सबै जना उदयपुरका त्रियुगा नगरपालिका र साविको हडिया गाविसका हुन् ।

खान बस्न र बिरामी पर्दासमेत उपचार नपाएको अलपत्र परेका पर्वत कार्कीले बताउनुभएको छ । शाखाका एजेन्ट त्रियुगा नगरपालिका–१२ गाईघाटका नेत्र लिम्बु र उहाँकी श्रीमती रेस्मा लिम्बुले पठाएका युवा अलपत्र परेका हुन् ।

उनीहरु गएको चैत्र र वैशाखमा साउदी गएका थिए । परिवारले एजेन्टसँग अलपत्र परेकालाई नेपाल फर्कादिन आग्रह गर्दा ज्यान मार्ने धम्कि दिएको परिवारले बताएका छन् । अलपत्र परेका तेजबहादुरका बुवा गजकेशर कटुवालले एजेन्ट नेत्रले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रशासनमा सुरक्षा पाउँ भन्दै निवेदन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।