0 COMMENTS

असार ६ , डडेल्धुरामा/डडेल्धुरामा कांग्रेसका बागीसहित १४ जनाले स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

अजयमेरु गाउँपालिकाका निर्वाचन अधिकृत चिरन्जिवी गिरीका अनुसार गाउँपालिकाका प्रमुख पदमा उम्मेदवारी दिएका लोकराज भट्टले फिर्ता लिएका छन् । उनी कांग्रेसका जिल्ला कार्यसमिति सदस्य हुन् । उनले अर्का स्वतन्त्र लोक राजभट्टलाई समर्थन गरिएको बताएका छन् । एकै नामका दुईजना कांग्रेसका नेताले अजयमेरु गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । अर्का लोकराज भट्टले फिर्ता लिएका छैनन् । उनी स्वतन्त्रको हैसियतबाट समेत सशक्त बागी उम्मेदवारका रुपमा देखिएका छन् । त्रिभुवन विश्व विद्यालयका स्ववियु सभापति भट्ट कांग्रेसका जिल्लास्तरमा प्रभावशाली नेता हुन ।

उक्त गाउँपालिकाको उपप्रमुखमा कांग्रेस युवानेता किशोर विष्टको पनि उम्मेदवारी छ । कांग्रेसको केन्दीयस्तरबाट टियुका लोकराज भट्ट र किशोर विष्ट उम्मेदवारी फिर्ताका लागि दबाब थियो । तर, अन्तिम समयसम्म फिर्ता लिएका छैनन् । त्यसैगरी, अमरगढी नगरपालिकाको वडाबाट कांग्रेसका बागी उम्मेदवार नम्बर १ का पुष्पराज जोशी, वडा नम्बर ६ बाट गणेश बहादुर टमटाले र ४ बाट गगनसिंह विष्टले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले जनाकारी दिएका छन । तीनै जनाले वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका थिए । अजयमेरु गाउँपालिकाको वडाहरुबाट कांग्रेसकी महिला उम्मेदवार कमला पाण्डे पन्तले उम्मेदवारी फिर्ता लिएकी छिन् । अजयमेरुबाट वडा नम्बर ३ बाट अध्यक्षका उम्मेदवार नरबहादुर मल्ल, वडा नम्वर १ महिला सदस्य पदका उम्मेदवार भागरथी ऐर, मान बहादुर ऐर र वडा नम्वर २ बाट दानी शाहले उम्मेदवारी फिर्ता लिएका छन् ।

फिर्ता लिने सबै राप्रपाका उम्मेदवार हुन् । यस्तै गन्यापधुरा गाउँपालिको वडा नं ३ को वडाध्यक्ष पदमा उम्मेवारी दिएका गगन सिंह चन्दले उम्मदवारी फिर्ता लिएका छन् । सोही वडामा सदस्य पदमा उम्मेदवारी दिएका मिन बहादुर देउवाले पनि उम्मेदवारी फिर्ता लिएको गन्यापधुरा गाउँपालिकाका निर्वाचन अधिकृत टेकराज जोशीले जनारी दिएका छन् । उम्मेदावरी फिर्ता लिने दुबै जनाले राप्रपाबाट मनोनयन दर्ता गराएका थिए ।

यस्तै परशुराम नगरपालिकामा एक जनाले मात्रै उम्मदवारी फिर्ता लिएका छन् । वडा ९ बाट वडा सदस्य पदका लागि राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिएका मिन बोहराले उम्मदवारी फिर्ता लिएको परशुराम नगरपालिका निर्वाचन अधिकृत नारायण प्रसाद वाग्ले जनाकारी दिएका छन् । यस्तै उता नवदुर्गा गाउँपालिकामा भने कसैले पनि उम्मेवारी फिर्ता नलिएको निर्वाचन अधिकृत सानुवाबु अधिकारीले जनाकारी दिएका छन् । आलिताल र भागेश्वरमा कसैले पनि उम्मेदवारी फिर्ता नलिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।