0 COMMENTS

कल्पना बोहरा,असार ६, अछाम/कमलबजार नगरपालिका वडा नं. ३ बयलामा नेकपा एमालेको घरदैलो सहित चुनावी आमसभा सम्पन्न भएको छ । वडा अध्यक्ष गोकर्ण थापाको अध्यक्षतमा सम्पन्न आमसभाका प्रमुख अतिथी एमाले सांसद भरत साउँद रहनुभएको थियो । सभामा एमाले जिल्ला कमिटी सचिवालय सदस्य कटक साउँद, एमालेको तर्फबाट कमलबजार नगरपालिकाका मेयर पदका उम्मेद्धार दिपक अधिकारी, उपमेयरका उम्मेद्धार मना अधिकारी, नगरसंगठन कमिटी संयोजक बलबहादुर कुँवर, बिद्यार्थी नेता बमबहादुर साँउद, झनक अधिकारी, वडा नं. ३ का वडा अध्यक्ष पदका उम्मेद्धार रामबहादुर ढकाल, लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी साँउदले एमालेले मात्र आम नागरिकका समस्या समाधान गर्न सक्ने भएकाले स्थानीय चुनावमा एमालेलाई जिताउन सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै मेयरका उम्मेद्धार दिपक अधिकारीले कमलबजारलाई नमुना नगर बनाउने आफ्नो योजना रहेको बताउनुभयो । आफ्नो उक्त योजना सफल पार्न सबै मतदाताको सकारात्मक सहयोगको खाँचो रहेको भन्दै उहाँले आफुलाई अमुल्य मत दिएर जिताउन सबै मतदादातालाई आग्रह गर्नुभयो । साथै उप–मेयरका उम्मेद्धार मना अधिकारीले सबै नागरिकका पिर मर्का बुझ्ने पार्टी एममाले मात्र भएको भन्दै एमालेलाई मतदान गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।