फेसबुकको स्वामित्वमा रहेको फोटो शेयरिङ एप इन्स्टाग्रामले एक नयाँ फिचर लञ्च गरेको छ । उक्त फिचरको नाम आर्काइभ रहेको छ ।यस फिचरको सहायताले अब तपाइँले अरुलाई देखाउन नचाहेका फोटोहरु पनि डिलिट गर्नुपर्ने आवश्यकता पर्नेछैन ।
आर्काइभले केवल प्रयोगकर्तालाई फोटो डिलिट गर्नबाट रोक्नेछैन, यसले फोटो शेयर गर्नमा पनि थप सहज बनाउनेछ फोटोको माथिल्लो दायाँ भागमा रहेको आर्काइभ बटन क्लिक गरेपछि उक्त तस्वीर तपाइँको टाइमलाइनमा देखिनेछैन र तपाइँको सुविधाको लागि एक प्राइभेट फोल्डरमा सुरक्षित रहनेछ । चाहिएको बेला उक्त फोटोलाई निकालेर प्रयोग गर्न सकिनेछ ।
बुधबार एक पोष्टमार्फत इन्स्टाग्रामले भनेको छ ः तपाइँ को हुनुहुन्छ र समयसँगै तपाइँ सुधार भइरहनुभएको छ भन्ने कुरा तपाइँको प्रोफाइलले प्रतिनिधित्व गर्दछ । आर्काइभसँगै अब तपाइँले ती पलहरु पनि सँगाल्न तथा सुरक्षित राख्न सक्नुहुनेछ जसको बारेमा तपाइँलाई चासो हुन्छ ।
इन्स्टाग्रामको यो आर्काइभ फिचरले प्रयोगकर्तालाई आफ्नो पोस्टलाई पब्लिक प्रोफाइलबाट डिलिट नगरीकन हटाउने सुविधा प्रदान गर्दछ । आर्काइभ फोल्डरमा लगेको सामाग्रीहरु केवल सम्बन्धित प्रयोगकर्ताले मात्र हेर्न सक्दछ ।
साथै त्यसलाई पुनः पब्लिक प्रोफाइलमै लैजाने अप्सन पनि उपलब्ध हुन्छ । इन्स्टाग्रामको आर्काइभलाई स्न्यापच्याटको मेमोरिज फिचर जस्तै मान्न सकिन्छ ।प्रकाशित मिति: ५ असार २०७४, सोमबार