0 COMMENTS

काठमाडौं ६ असार०७४/ पूर्वमन्त्री इन्द्र प्रसाद ढुंगेलको निधन भएको छ । राजधानीको चावहिलस्थित ओम हस्पिटलमा गएराति उनको निधन भएको पारिवारीक स्रोतले रातोपाटीलाई जानकारी दिए ।

विगत केही समयदेखि उनी क्यान्सरका कारण बेड रेस्टमा थिए ।रामेछापका ढुंगेल तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको मनत्रीमण्डलमा विज्ञान प्रविधि राज्यमन्त्री रहेर काम गरेका थिए ।

ढुंगेल विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिए । नेपाली कंग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका उनी पहिले विपी कोइराला निकट थिए ।

पछि कांग्रेसबाट असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर सुर्य बहादुर थापा निकट रहेका राजनीतिमा सक्रिय रहे । राप्रपाबाटै ढुंगेलले २०६४ सालमा (रामेछापबाट) चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।