कल्पना बोहरा,असार ६ , अछाम/स्थानिय तहको दोस्रो चरणको निर्वाचनका लागि हिजो मनोनयन दर्ता कार्य सकिएसंगै निर्वाचनका अन्य प्रक्रियाहरु अगि बढेका छन ।
अछाममा जिल्लाका १० वटै तहमा मनोनयन दर्ता कार्य शान्तिपूर्ण र सानदार रुपमा सम्पन्न भई अन्य प्रक्रियाहरु अगि बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालय अछामका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस हरिप्रसाद उपाध्याय शर्मा पंज्ञनीले जाँनकारी दिनुभयो । पंज्ञनीका अनुसार ५ गते बिहान ८ बजेदेखी १० बजेसम्म दावी बिरोधको समय तोकिएको र त्यो अवधिमा भएको दावी बिरोधको छानविन तथा अन्य प्रक्रियाका भएको थीयाे ।
त्यसपछि उम्मेद्धारहरुको अन्तिम नामावलि प्रकाशन का लागी कर्मचरीहरु लागीपरेका उहाँले बताँउनुभयो । मनोनयन दर्ता कार्य जसरी उल्लासमय र शान्तिपूर्ण रुपमा भयो त्यसैगरि दलहरुले मतदान हुने दिनसम्म संयमित भएर आफ्ना गतिविधिहरु अगि बढाँउनेमा आफु बिश्वस्त रहेको उहाँले बतााउनुभयो । अन्य जिल्लाहरुको जस्तो निर्वाचनमा असर हुने खालका गतिविधिहरु अछाममा कुनै पनि ठाँउमा नभएको भन्दै निर्वाचन शान्तिपूर्ण बातावरणमा सम्पन्न हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको ।