0 COMMENTS

कल्पना बोहरा,असार ६, अछाम/मंगलसेन नगरपालिकाका लागि नेकपा एमालेवाट मेयरका उम्मेद्धार पदम बोहराले मंगलसेनमा नेकपा एमालेको जित शुनिश्चित भएको भएको वताउनु भएको छ ।

सोमवार मंगलसेन नगरपालिका वडा नं ६ र ७ को सयुंक्त आमसभालाई सम्वोधन गर्दै उहाँले आईतवार मनोनयन दर्ता गर्न जाँदा देखिएको नेकपा एमालेको जनलहरको मासले यसको पुष्टि गरेकोे वताउनु भयो । नेकपा एमालेका प्रदेश नं ७ का सदस्य एवं पुर्व सभाषद भैरे कामीले नेकपा एमाले दलित, महिला, जनजाती, आदिवासीहरुको आसा र भरोसाको केन्द्र भएकाले अहिले देशै भरी नेकपा एमालेमा जनलहर ओईरिएको वताउनु भयो । चुनावी सभाको प्रमुख अथितीको आसनवाट वोल्दै नेता कामीले आफ्ना कार्यकर्ताहरुलाई संयमित भएर चुनाव प्रचार प्रसार गर्न पनी आग्रह गर्नु भयो । वडा नं ७ का वडाध्यक्ष कालुसिंह विकको अध्यक्षतामा भएको सभका विशिष्ट अतिथी नेकपा एमालेका जिल्ला सचिव यज्ञ वोगटी रहनु भएको थियो ।

यस्तै अन्य अथितीहरुमा उपमेयरका उम्मेद्धार सरिता उपाध्याय, जिल्ला सदस्य भीम जनाला, लोक वहादुर केसी, प्रभुनाथ देवकोटा, गंगा कामी, नयन सोडारी, वाणिज्य संघका देवराज उपाध्याय, चर्चित कलाकार महेन्द्र विक, हर्क विरही विक लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । लोकराज भण्डारीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको संचालन अनेरास्ववियु अछाम काठमाण्डौ सम्पर्क मंचका अध्यक्ष रमेश भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।