0 COMMENTS

धादिङ, असार ५ । भूकम्पप्रभावित ४० अगुवा किसानलाई आज ट्रयाक्टर वितरण गरिएको छ । सरकारको ९० प्रतिशत अनुदानमा कृषक समूह र सहकारीमा आबद्ध किसानलाई जिल्ला कृषि विकास कार्यालयले प्रोत्साहन स्वरुप ट्रयाक्टर वितरण गरेको हो । लामो समयदेखि तरकारी खेती गर्दै आइरहेका किसानले राष्ट्रिय पुनःनिर्माण कोष कार्यक्रम अन्तर्गत उक्त ट्रयाक्टर पाएका छन् ।

कृषिलाई व्यावसायिक र नाफामुखी बनाउने उद्देश्यले अनुदानमा ट्रयाक्टर वितरण गरिएको कार्यालयका प्रमुख केशव देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।