0 COMMENTS

बझाङ ५असार०७४/बझाङको काँडा गाउँपालिका वडानम्बर ५ मा नेकपा एमालेका उम्मेदवारको प्यानल निर्विरोध विजयी भएको छ ।
काँडाको ५ को वडाअध्यक्षमा धनन्जय बोहरा, महिला सदस्य अम्मरा देवि बोहरा, सदस्य डबल बोहरा र सदस्य कलु बोहरा र्निविरोध विजयी भएका हुन् ।असार ४ गते मनोनयन गर्दा अन्य दलका उम्मेदवारले मनोनयन दर्ता नगरेपछि एमाले प्यानलसहित विजय भएको घोषणा गरिएको स्थानीय गोरख बहादुर बोहराले बताए ।

काँडा गाउँपालिका ४ मा नेपाली काँग्रेसकी दलित उम्मेदवार अमृता विक सदस्य पदमा र्निविरोध भएकी छन् । बझाङको सबैभन्दा दुर्गममा पर्ने काँडा गाउँपालिकामा अन्य वडाहरुमा तीन वटै दलले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।