0 COMMENTS

काठमाडौं, असार ५/ वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा लिने र परीक्षण गर्ने (ट्रायल) लिने काम बन्द भएको छ ।

कार्यालयका कर्मचारी र सुरक्षाकर्मी दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा खटिएकाले दुवै काम बन्द भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले राससलाई जानकारी दिए ।कर्मचारी र सुरक्षाकर्मी निर्वाचनबाट फर्केपछि मात्र कार्यालयबाट लाइसेन्सको काम पुनः सञ्चालन हुने उनले बताए ।

अञ्चल कार्यालय वाग्मती एकान्तकुनाबाट हुँदै आएको विदेशबाट लिएको लाइसेन्सलाई नेपालीकरण गर्ने काम पनि उपत्यकाका अन्य तीन कार्यालयमा हस्तान्तरण गरिएको छ ।

लाइसेन्सलाई नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालय स्वयम्भूस्थित ठूलोभर्याङ, सुकेधारा र जगाती कार्यालयलाई जिम्मेवारी दिइएको प्रवक्ता डा पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।