0 COMMENTS

काठमाडौं,आषाढ ०५,/  वाजुराको छेदेदह गाउँपालिकामा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा एक एमाले कार्यकर्ताको मृत्यु भएको छ । आइतबार दिउँसो निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्ने क्रममा दुवै पाटीर्का कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा एमाले कार्यकर्ता छेदेदह गाउँपालिका–५ का ५० वर्षीय हंस रावतको ज्यान गएको छ । झडपमा घाइते भएर उपचारका लागि लैजाने क्रममा रावतको बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै कांग्रेसका कार्यकर्ता छेदेदह गाउपालिका–६ का धन नाथ गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको छ । केही संख्यामा दुवै तर्फ सामान्य घाइते भएका छन् । नेताहरु उम्मेदवारी दर्ता गर्नका लागि भित्र गएका बेला बाहिर दुवै पार्टीका कार्यकर्ताबीच एक अर्काविरुद्ध नारावाजी गाली गलौज हुदाँहुँदै ढुंगा हानाहान भएर झडप भएको थियो।अाजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।