0 COMMENTS

काठमाडौं,आषाढ ०५,/ प्रधानसेनापति राजेन्द्र क्षत्रीले वर्तमान तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै केही विखण्डनकारी र अस्थिरता फैलाउने तत्व सक्रिय हुँदै गइरहेको बताउनुभएको छ । जंगी अड्डामा आइतबार सेनाका पूर्वप्रधानसेनापति तथा बहालवाला एवं अवकाश प्राप्त उच्च सैनिक अधिकारीसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले त्यस्ता तत्वलाई परास्त गर्न नेपाली सेना तयारी अवस्थामा रहेको बताउनुभयो ।

जंगी अड्डाले निकालेको विज्ञप्तिमा विखखण्डनकारी र अस्थिरता फैलाउने तत्व को हुन् भन्नेबारे भने केही खुलाएको छैन ।तर, प्रधानसेनापति क्षत्रीले आफ्ना भनाइका क्रममा सीके राउतका गतिविधि , निर्वाचन बिथोल्न खोज्ने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र आन्दोलनरत राजपाका गतिविधिलाई विखण्डनकारी र अस्थिरता फैलाउने भनी संकेत गरेका छन ।

प्रधानसेनापतिले विगतकै शैलीमा संविधानले निर्दिष्ट गरेको आफ्नो जिम्मेवारी पूरा गर्न नेपाली सेना कदापि पछि नहट्ने दोहोर्‍याउनुभयो । प्रधानसेनापति क्षेत्रीले वर्तमान राजनीतिक अवस्था तरल रहेको टिप्पणी गर्दै विभिन्न माग राखी विरोधमा उत्रिएको समूहलाई राजनीतिक तहबाटै समाधान हुनुपर्ने बताए । प्रधानसेनापति क्षत्रीले छलफलमा वर्तमान तरल राजनीतिक अवस्था र त्यसले उत्पन्न गर्ने सुरक्षा चुनौतीबारे मुख्यालयको धारणा राखेका थिए ।

राष्ट्रिय सुरक्षाको दृष्टिले राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा आँच पुग्ने कुनै पनि प्रकारका गतिविधि नेपाली सेनाको लागि स्वीकार्य नहुने जंगीअड्डाले निकालेको विज्ञप्तिमा उल्लेछ छ ।अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।